कृषि ज्ञान केन्द्र बाँकेका कार्यक्रमहरुको संयुक्त अनुगमन तथा मुल्यांकन
समाचारदाता
नेपालगन्ज, असार २६ गते । कृषि ज्ञान केन्द्र बाँकेले जिल्लामा चालु आर्थिक वर्षमा गरेका विभिन्न कार्यहरुको अवस्था बारे जानकारी लिनका लागि बुधवार संयुक्त अनुगमन तथा मुल्यांकन कार्यक्रम गरेको छ ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीको अगुवाईमा जिल्लाका विभिन्न सरोकारवाला निकायका प्रमुखहरुको सहभागितामा सो अनुगमन तथा मुल्यांकन कार्यक्रम सम्पन्न गरियो ।
अनुगमनमा निस्कनु अघि कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमद खाँले कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा गरेका विभिन्न कार्यक्रमहरुको जानकारी गराउँदै प्रगति बिवरण प्रस्तुत गर्नुभयो ।
त्यसपछि अनुगमन टोलीले डुडुवा ६ बल्दीपुरवामा रहेको बल्दिपुरवा कृषि सहकारी संस्थामार्फत किसानहरुलाई प्रदान गरिएका विभिन्न कृषि उपकरणहरुको उपादयता बारे जानकारी लिएको थियो ।
सो अवसरमा बल्दिपुरवा कृषि सहकारी संस्थाका अध्यक्ष उमेश...









