२२ जेष्ठ २०८३, शुक्रबार

ताजा-अपडेट

बाँकेकै अव्वल निजि बिद्यालय सोफिया रेसिडेन्सियल इङलिस स्कुलको बार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बाँकेकै अव्वल निजि बिद्यालय सोफिया रेसिडेन्सियल इङलिस स्कुलको बार्षिकोत्सव भव्यताका साथ सम्पन्न

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, शिक्षा
सिराज खान नेपालगन्ज, मंसिर २२ । बाँके जिल्लामा धेरै निजि विद्यालयहरु छन् । तर, सयौं निजि विद्यालयहरुविच एउटा छुट्टै पहिचान बनाउन सफल भइ आफुलाई सबैभन्दा अव्वल सावित गर्न सफल भएको छ, सोफिया रेसिडेन्सियल इङलिस स्कुल । यो विद्यालय जिल्लामा शैक्षिक गतिविधिसहित अतिरिक्त क्रियाक्लापमा त अव्वल छदैछ, विद्यालयले बालबालिकाको हेरचाह र उनिहरुको पढाईका लागि सबैभन्दा राम्रो माहोल र वातावरण दिन पनि सबैभन्दा छुट्टै पहिचान बनाउन सफल भएको छ । नेपालगन्ज र सो वरिपरिका अधिकांश उच्च पदस्थ सरकारी कर्मचारी, ठुला ठुला उद्योगी व्यवसायी, चिकित्सक, कानुन व्यवसायी र विभिन्न संघसंस्थाका अगुवाहरुका बालबालिकाले अध्ययन गरिरहेको सो विद्यालयले भव्य रुपमा आफ्नो १७औं बार्षिकउत्सव सम्पन्न गरेको छ । राष्ट्रिय गानसँगै सुरु भएको सो कार्यक्रममा विद्यार्थीसहित अभिभावकको बाक्लो उपस्थिति रहेको थियो । सो अवसरमा विद्यार्थीहरुले विभिन...
हाप्किडोका १४ जना खेलाडीको ग्रेडिंग, प्रमाणपत्र वितरण

हाप्किडोका १४ जना खेलाडीको ग्रेडिंग, प्रमाणपत्र वितरण

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, मंसिर १७ । नेपालगन्जमा हाप्किडोका १४ जना खेलाडीको ग्रेडिंग गर्दै उनिहरुलाई विभिन्न बेल्ट प्रदान गरिएको प्रमाणपत्र वितरण गरिएको छ । नेपाल हाप्किडो एसोसियन बाँकेले यहाँ आयोजना गरेको ग्रेडिंग समारोहमा कार्यक्रमका प्रमुख अतिथि गोरखापत्र दैनिकका वरिष्ठ समाचारदाता एवं वरिष्ठ पत्रकार सिराज खान लगायतले खेलाडीहरुलाई ग्रेडिंगको प्रमाणपत्र वितरण गर्नु भयो । नेपाल हाप्किडो एसोसियन बाँकेले जिल्लाका १४ वटा खेलाडीको ग्रेडिंग गर्दै १२ जनालाई एलो र दुई जनालाई ओरेन्ज बेल्ट प्रदान गरेको छ । ती खेलाडीहरुलाई प्रमुख अतिथि खान लगायत नेपाल हाप्किन्डो एसोसियनका केन्द्रिय सदस्य मोहसिन रजा समिर, जिल्लाका पदाधिकारी र प्रशक्षिकले प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै वरिष्ठ पत्रकार खानले विगत केही समययता बाँकेमा हाप्किडो खेलप्रति खेलाडीहरुको आकर्षण बढ्दै गएको जनाउँदै खेलाडी उत्पादनमा ए...
सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिकाको मस्यौदामाथि छलफल

सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिकाको मस्यौदामाथि छलफल

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १४ । स्थानीय सरकारले पारित गरेर लागु गर्न सिफारिस गर्ने गरि तयार पारिएको ‘सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिका २०८०’ को मस्यौदामाथि नेपालगन्जमा सरोकारवालाहरुविच ब्यापक छलफल गरिएको छ । निर्देशकिाको मस्यौदामाथि छलफल गरेर सुझाव संकलन गर्ने उदेश्यले भेरी वातावरणीय विशिष्ठता समूह (बी–ग्रुप) ले आयोजना गरेको कार्यक्रममा सहभागि अधिकांशले सो निर्देशिका अति आवश्यक रहेको जनाउँदै स्थानीय सरकारले पास गर्नु पर्नेमा जोड दिएका थिए । बी–ग्रुपले बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न सरसफाईकर्मीको हक अधिकार तथा पेशाप्रति आत्मसम्मानसंगै स्थानीय तहको सरसफाईका लागि सो निर्देशिका प्रभावकारी हुने सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरुले जनाएका थिए । सार्वजनिक नीजि साझेदारी मन्...
प्लान ईन्टरनेशनल नर्वेबाट बर्दियामा सञ्चालित परियोजना अनुगमन

प्लान ईन्टरनेशनल नर्वेबाट बर्दियामा सञ्चालित परियोजना अनुगमन

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १३ । प्लान ईन्टरनेशनल नर्वेको एक उच्चस्तरीय टोलीले प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लब र भेरी बाताबरणीय बिशिष्ट समुहद्धारा बर्दिया जिल्लामा संचालन गरिएको परियोजनाको अनुगमन गरेको छ । प्लान नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना र टेलिथोन परियोजनाका बिभिन्न गतिबिधीहरुको नर्वेको सो टोलीले अनुगमन गरेको हो । सो उच्चस्तरीय अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नर्वेका बरिष्ठ कार्यक्रम सल्लाहकार केजेल सिगार्ड रोइसली, युवा कार्यक्रम तथा वकालत बिभागका सल्लाहकार क्रिस्टिन फलान्टनेस र खाद्य सुरक्षा, जीविका, जलबायु कार्यक्रम र वकालत बिभिागका बरिष्ठ सल्लाहकार जोहने वाल्लेको सहभागिता रहेको थियो । सोही प्रकारले उक्त अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका प्रबन्धक मिना पराजुली, कार...
बालिका पुजा चौधरी बनिन् गुलरिया नगरपालिकाकी उपप्रमुख

बालिका पुजा चौधरी बनिन् गुलरिया नगरपालिकाकी उपप्रमुख

ताजा-अपडेट, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर ११ । बालबालिकाको अधिकार संरक्षणका लागि बालिका पुजा चौधरीेले टेक ओभर गर्दै सांकेतिक रुपमा बर्दियाको गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्ने अवसर पाउनु भयो । १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको गुलरिया नगरपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रममा चौधरीले उपमेयरको भूमिका निर्वाह गर्नु भएको हो । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा बालिका पुजा चौधरीले गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्नुभयो । बालिका तथा किशोरीको नेतृत्व विकास गर्नुका साथै शसक्तिकरण गर्ने उदेश्यले सञ्चालित सो कार्यक्रममा सो भूमिका निर्वाह गर्नु भएकी चौधरीलाई बाल क्लबकी अध्यक्ष उजस्वी ढकालले किशोरी क्लबको तर्फ...
एमडिएम फ्रान्सद्वारा जाजरकोटका भूकम्पपीडितलाई औषधि र त्रिपाल सहयोग

एमडिएम फ्रान्सद्वारा जाजरकोटका भूकम्पपीडितलाई औषधि र त्रिपाल सहयोग

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगन्ज, मङ्सिर ८ गते । भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल र भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकालाई एमडीएम फ्रान्सले ८८ प्रकारका अति आवश्यक औषधिलगायत त्रिपालहरू सहयोग गरेको छ । औषधि र त्रिपाल वितरण गरेर जाजरकोटबाट फर्किनुभएका एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्कीले दिनुभएको जानकारीअनुसार जाजरकोट अस्पताललगायत बारेकोट स्वास्थ्य चौकीको आधारभूत सेवालाई सुचारु राख्न औषधि तथा टेन्ट सहयोग गरिएको हो । उहाँले जाजरकोट अस्पताल र स्वास्थ्य संस्थाहरुको अवस्थालाई अध्ययन गरी अति आवश्यक औषधि र त्रिपाललगायतको सहयोग गरिएको बताउनुभयो । औषधि र त्रिपाल हस्तान्तरण गर्न गएका बेला भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ३०० भन्दा बढीको उपचार गर्दै औषधि वितरण गरिएको कार्यक्रम अधिकृत कार्कीले बताउनुभयो । बारेकोटको लिम्सास्थित अस्पतालमा आ...
बालिका दुर्गा लुईटेलद्धारा गाउँपालिका उपाध्यक्षको भूमिका निर्वाह

बालिका दुर्गा लुईटेलद्धारा गाउँपालिका उपाध्यक्षको भूमिका निर्वाह

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा
समाचारदाता नेपालगन्ज, मंसिर ८ । १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको बढैयाताल गाउँपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रम सम्पन्न गरिएको छ । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा वडास्तरीय बाल क्लबकी अध्यक्ष दुर्गा लुईटेलले बढैयाताल गाउँपालिकाको उपाध्यक्षको भूमिका निर्वाह गर्नुभयो । बालिका तथा किशोरीको नेतृत्व विकास गर्नुका साथै शसक्तिकरण गर्ने उदेश्यले सञ्चालित सो कार्यक्रममा उपाध्यक्षको भूमिका निर्वाह गर्नु भएकी लुईटेललाई किशोरी क्लबकी सदस्य कञ्चन भण्डारीले किशोरी क्लबको तर्फबाट नौ बुँदे ज्ञापन बुझाउनु भयो । सो अवसरमा आयोजित छलफल कार्यक्रममा विभिन्न क्लबका बालिकाहरुले बालबालिका र किशोरीका सवालहरुका बारेमा जिज्ञासा राखेका...
बर्दियाको बढैयातालमा शसक्त बालिका परयोजना सञ्चालन

बर्दियाको बढैयातालमा शसक्त बालिका परयोजना सञ्चालन

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर ८ । बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको सो बैठकमा पालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि रहनु भएको थियो भने सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा, स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाका प्रमुखहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । सो बैठकमा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाको लक्ष्य, उदेश्य, नतिजा तथा क्रियाक्लापहरुका साथसाथै क्लबका गतिविधिहरुका बारे...
भूकम्प पीडितहरुकालागि भारत सरकारले पठाएको औषधि नेपालगन्जमा हस्तान्तरण

भूकम्प पीडितहरुकालागि भारत सरकारले पठाएको औषधि नेपालगन्जमा हस्तान्तरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगन्ज, मङ्सिर ५ गते । जाजरकोट र रुकुम पश्चिमलगायत पश्चिम नेपालका भूकम्प प्रभावित जिल्लाहरुका लागि भारत सरकारले चौथो खेपमा एक ट्रक अति आवश्यक औषधि सहयोग पठाएको छ । भारतबाट स्थलमार्ग हुँदै नेपालगन्जसम्म ल्याइएको सो औषधि मङ्गलवार भारतीय राजदूतावासका द्वितीय सचिव आशिष सिन्हाले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई हस्तान्तरण गर्नुभयो । औषधि हस्तान्तरण गर्दै भारतीय राजदूतावासका द्वितीय सचिव सिन्हाले भारतले यसअघि पनि भारतीय वायुसेनाको विमानमार्फत तीन खेप अति आवश्यक राहात सामाग्री नेपालगन्ज पुर्‍याइसकेको जनाउँदै अहिले औषधिको आवश्यकता महसुस गरेर एक ट्रक औषधि प्रदान गरिएको बताउनुभयो । उहाँले भारत सरकारले भविष्यमा पनि थप सहयोग जारी राख्ने जनाउँदै प्रभावित जिल्लाको आवश्यकता अनुसार सहयोग आउने बताउनुभयो । बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलले भारत सरकारले ४० प्रकारको ...
नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटका भुकम्पपिडितलाई राहात पुरयाए

नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटका भुकम्पपिडितलाई राहात पुरयाए

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, विविध
समाचारदाता नेपालगन्ज, कात्तिक २२ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प पीडितहरुलाई नेपालगन्जका मुस्लिम समुदायले जाजरकोटनै पुगेर राहत सामाग्री बुझाएका छन् । नेपाल मुस्लिम समाजको अगुवाईमा नेपालगन्जमक मुस्लिम समुदायले प्रदान गरेको सो राहात सामाग्री जाजरकोट पुगेर भूकम्प पीडितहरुका लागि राहत बुझाईएको नेपाल मुस्लिम समाजका सचिव मेराज अहमद हिमालयले बताउनुभयो । सचिव हिमालयका अनुसार मुस्लिम समुदायले संकलन गरेको सो राहत सामाग्री मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईको नेतृत्वमा लिएर जाजरकोट पुगेर सरकारी अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । मुस्लिम समाजले दिएको राहात सामाग्रीमा चामल, आलु, प्याज, बिस्कुट, चिउरा, आवश्यक भाँडाकुँडा, सहित कम्बल, म्याट, त्रिपाल र न्यानो कपडा रहेको नेपाल मुस्लिम समाजका अध्यक्ष अब्दुल हकिम हल्वाईले बताउनुभयो । एक नेपालीलाई दुखपर्दा अर्को नेपालीले सहयोग गर्नु पर्छ...