९ चैत्र २०८२, सोमबार

ताजा-अपडेट

बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

बि ग्रुपद्धारा बाल्मिकी समाजलाई १३ लाखको सक्सन टैंक र ट्रली हस्तान्तरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १२ । भेरी वातावरणीय विशिष्टता समूह वि–ग्रुप बाँकेले बाल्मिकी समाज बाँकेलाई व्यवसायीक प्रयोजन र सरसफाईमा सहयोगका लागि १३ लाख रुपियाँ भन्दा बढीको एउटा सक्सन टैंक र एक थान ट्रली हस्तान्तरण गरेको छ । एमडीएम फ्रान्ससँगको साझेदारीमा बि ग्रुपद्धारा बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका, खजुरा र डुडुवा गाउँपालिकामा सञ्चालित “पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना” अन्तर्गत सो टैंक र ट्रली हस्तान्तरण गरिएको हो । मंगलवार यहाँ आयोजना गरिएको एक कार्यक्रममा नेपालगन्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, एमडिएम फ्रान्सको फ्रान्सस्थित मुख्य कार्यालयका डेस्क अफिसर हुगो, एमडिएम फ्रान्सका नेपाल प्रमुख अब्दुल सबुर खान र वि–ग्रुपका अध्यक्ष टेक बहादुर पुनले संयुक्त रुपमा सो टैंक र ट्रलीलाई बाल्मिकी समाज बाँकेका अध्यक्ष जगदिश बाल्मिकीलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै न...
बाँकेमा माओवादी केन्द्रद्धारा रुपान्तरण अभियानको तयारी तिव्र, नेता कार्यकर्ता बैठक र छलफलमा व्यस्त

बाँकेमा माओवादी केन्द्रद्धारा रुपान्तरण अभियानको तयारी तिव्र, नेता कार्यकर्ता बैठक र छलफलमा व्यस्त

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
जनवर्गिय संगठनहरुको भेला र बैठकको कार्यतालिका सार्वजनिक समाचारदाता नेपालगन्ज, भदौ १२ । नेकपा माओवादी केन्द्रले यही भदौ १६ गतेबाट देशैभर एकसाथ ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ भन्ने मूल नाराका साथ ‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’ सञ्चालन गर्दैछ । सो रुपान्तरण अभियानलाई बढी भन्दा बढी सफल बनाउन अहिले देशैभरि माओवादी केन्द्रका जिल्लादेखि केन्द्रसम्मका सबै संगठनहरु तयारीमा व्यस्त छन् । सोही क्रममा बाँके जिल्लामा पनि रुपान्तरण अभियानलाई सफल पारेर पार्टीलाई नयाँ उचाईमा पुरयाउने तयारी तिव्र गतिमा भइरहेको माओवादी केन्द्र बाँकेले जनाएको छ । सोही तयारीस्वरुप माओवादी केन्द्र बाँकेले जिल्लाका ८ वटै पालिकामा पार्टीको पालिकास्तरिय विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएर जनवर्गिय संगठनहरुको पनि बैठक तथा प्रशिक्षण कार्यक्रम भइरहेका छन् । माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्रप्रसाद ...
बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ३० जनालाई ट्राईसाईकल वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ १० । बाँकेका ६ वटा पालिकाका अपाङ्गता तथा फरक क्षमता भएका ३० जनालाई बाँके युनेस्को क्लबले नेपालगन्जमा ट्राईसाईकल ( तीन पांग्रे हाते साईकल ) वितरण गरेको छ । कतार च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबले नेपाल एकीकृत बिकास परियोजना अन्तरगत आइतवार एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई ट्राईसाईकल बितरण गरेको हो । सो परियोजना अन्तरगत जिल्लाका ३० जना अपाङ्गता तथा फरक क्षमता भएका महिला र पुरुषलाई ट्राईसाईकल बितरण गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रबि तुलाधरले जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथी पुर्बमन्त्री मोहम्मद इश्तियाक राई, क्लबका प्रमुख संरक्षक प्रबेजअलि सिद्दिकी र अध्यक्ष तुलाधरले संयुक्त रुपमा अपाङ्गता तथा फरक क्षमता भएकाहरुलाई सो हाते साईकल हस्तान्तरण गर्नुभयो । सो अवसरमा बोल्दै पुर्बमन्त्री राईले यो सहयोग अतिनै महत्वपुर्ण रहेको उल्लेख गर्दै यस्...
नरैनापुरको स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

नरैनापुरको स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठी सम्पन्न

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नरैनापुर ९ भदौ । बाँकेको नरैनापुर गाँउपालिकाको आर्थिक वर्ष २०७९÷०८० मा संचालित स्वास्थ्य कार्यक्रमहरुको पालिकास्तरीय वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । नरैनापुर गाँउपालिकाको स्वास्थ्य शाखाको आयोजना, गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालको अध्यक्षतामा गोष्ठी सम्पन्न भएको हो । बिहिबार र शुक्रबार गरी दुइ दिनसम्म चलेको उक्त गोष्ठीमा सहभागी गाँउपालिका अन्तर्गतका ६ वटै वडाका वडा स्वास्थ्य चौकी प्रमुखहरुले गत आ.व मा आ–आफ्नो वडामा भए गरेका स्वास्थ्य कार्यक्रम तथा प्रगति विवरण प्रस्तुत गरेका थिए । सोही गोष्ठीमा प्रस्तुत गरिएको विवरणको आधारमा आन्तरिक मुल्यांकन गरि कार्य र सेवाको आधारमा उत्कृष्ट भएर छानिएका स्वास्थ्य संस्थालाई सम्मान गरिने निर्णय गरिएको स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले जानकारी दिनु भयो । समीक्षा गोष्ठीको समापन कार्यक्रममा बोल्दै प्रमुख प्रशासक...
खजुरा र राप्तीसोनारीका विपन्नलाई आयआर्जनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण

खजुरा र राप्तीसोनारीका विपन्नलाई आयआर्जनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, भदौ ४ । बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामाग्री वितरण गरेको छ । कतार च्यारेटिको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरेको दोस्रो फेजको नेपाल एकिकृत विकास कार्यक्रम अन्तर्गत बाँकेको खजुरा र राप्तीसोनारी गाउँपालिकाका २१ विपन्न परिवारलाई कुखुरापालनका लागि चल्लासहित विभिन्न सामाग्री वितरण गरेको हो । बाँके क्षेत्र नम्बर २ का संघीय सांसद डा. धवल शमसेर राणा, प्लान नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले एक कार्यक्रमका विच विपन्न परिवारलाई चल्लासहितको सामाग्री वितरण गर्नुभयो । सो अवसरमा बोल्दै संघीय सांसद डा. राणाले आय आर्जनका लागि गरिएको यो सहयोग निकै उत्कृष्ठ रहेको जनाउँदै यसबाट बढी भन्दा बढी लाभ लिन विपन्न परिवारलाई आग्रह ग...
बर्दियाका बाढीपिडितलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु

बर्दियाका बाढीपिडितलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, भदौ ४ । गएको साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा आएको बाढीबाट प्रभावित भएका बर्दिया जिल्लाका विभिन्न पालिकाका पिडित परिवारलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु गरिएको छ । युके एड स्टारफन्डको सहयोगमा प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सो राहात सामाग्री वितरण शुरु गरिएको हो । बासगढी नगरपालिका ८ लक्ष्मणाका बाढीपिडित १३ घर परिवारलाई हाइजिन किट वितरण गरेर वितरण कार्य शुरु गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो । बासगढी नगरपालिका ८ ककौरास्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममा नगरपालिकाका उपमेयर इन्दिरा चौधरी, प्लान नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बाढीपिडित परिवारलाई हाइजिन किट वितरण गर्नु...
युनेस्को बाँकेद्धारा विपन्न र एकल महिलाकालागि तीनमहिने सिलाई कटाई तालिम शुरु

युनेस्को बाँकेद्धारा विपन्न र एकल महिलाकालागि तीनमहिने सिलाई कटाई तालिम शुरु

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, १ भदौ । बाँके युनेस्को क्लबद्धारा नेपालगन्जमा विपन्न, एकल र असहाय महिलाहरुकालागि तीनमहिने सिलाई कटाई तालिम सञ्चालन गरिएको छ । कतार च्यारिटीको साझेदारीमा बाँके युनेस्को क्लबले शुक्रवारदेखी सो तालिम यहाँ सञ्चालन गरेको हो । लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमुना र युनेस्को बाँकेका अध्यक्ष रबि तुलाधरले संयुक्त रुपमा सो तालिमको उदघाटन एक समारोहका विच गर्नुभयो । सो अवसरमा बोल्दै प्रदेशसभा सदस्य केसीले यस्तो सिपमुलक तालिमबाट विपन्न, एकल र असहाय महिलाहरुलाई जिवीकोपार्जन गर्न सहज हुने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले यस्ता तालिमहरु सहभागीहरुको बाच्ने आधार समेत हुन सक्ने भन्दै यसको सदुपयोग गर्न सहभागी महिलाहरुलाई आग्रह गर्नुभयो । त्यस्तै स्थानियस्तरमा समुदायकालागि विभिन्न कामहरु गरेकोमा केसीले बाँके युनेस्कोको प्रशंसा पनि गर्नुभयो । तीन महिनासम्म संचालन हुने सो ता...
उद्योग वाणिज्य संघमा तीनजना पुर्व अध्यक्षको साथ पाएपछि समावेशी प्यानलको जित सुनिश्चित

उद्योग वाणिज्य संघमा तीनजना पुर्व अध्यक्षको साथ पाएपछि समावेशी प्यानलको जित सुनिश्चित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
गठबन्धन बलियो हुनुका साथै अधिकांश व्यवसायिको समर्थन समावेशीलाई सिराज खान नेपालगन्ज, साउन ३१ । ‘उद्योगी, व्यवसायीको एकता, समावेशी प्यानलको पहिचान ” भन्ने मुल नाराका साथ १७ बुँदे प्रतिवद्धता र साच्चिकै समावेशी टीम बनाएर सबैभन्दा ठुलो गठबन्धनका साथ नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुने निर्वाचनका लागि प्रचार प्रसारमा होमिएको समावेशी प्यानलको जित सुनिश्चित रहेको अधिकांश व्यवसायिले बताएका छन् । चर्चित व्यवसायि टंक धामीको नेतृत्वमा बलियो प्यानलसहित निर्वाचनमा होमिएको समावेशी प्यानललाई संघमा उत्कृष्ठ नेतृत्व गरेका तीन जना पुर्व अध्यक्षहरु कृष्ण प्रसाद श्रेष्ठ, नन्दलाल वैश्य र अब्दुल वाहिद मन्सुरीको सहयोग र समर्थन रहेकोले सो प्यानलको जित सुनिश्चित देखिएको हो । उद्योगी व्यवसायिका डायनामिक लिडरहरु श्रेष्ठ, वैश्य र मन्सुरी तीनैजना पहिलो पटक एकै प्लेटफर्ममा उभिनु भएकोले पनि सो प्यानल अर्को ...
बाँके कारागारका ३०७ कैदीबन्दीको आँखा परीक्षणसंगै निशुल्क औषधी वितरण

बाँके कारागारका ३०७ कैदीबन्दीको आँखा परीक्षणसंगै निशुल्क औषधी वितरण

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, साउन ३० गते । बाँके कारगारमा रहेका अधिकांश कैदीबन्दीमा आँखा पाक्ने रोगको समस्या देखिएपछि कारागारमा निशुल्क आँखा शिविर सञ्चालन गरेर कैदीबन्दीको आँखा परीक्षण गरिएको छ । फत्तेबाल आँखा अस्पतालको सहयोगमा बाँके जिल्ला अदालत बार एसोसियसन र नेपालगन्ज उच्च बार एसोसियसनद्धारा कारगारमा सोमवार कैदीबन्दीका लागि निशुल्क आँखा शिविर सञ्चालन गरियो । फत्तेबाल आँखा अस्पतालका कार्यक्रम संयोजक उमेर सादिकले कारगारमा रहेका ३०७ जना कैदीबन्दीको आँखा परीक्षण गरेर निशुल्क औषधी वितरण गरिएको जनाउँदै अधिकांश कैदीबन्दीमा आँखा पाक्ने समस्या देखिएको बताउनुभयो । उहाँले कारगारमा धेरै कैदीबन्दी रहेको र उनिहरुसंगै बस्ने उठ्ने गरेकोले आँखा पाक्ने रोग तिव्र गतिमा फैलिएको बताउनुभयो । जिल्ला अदालत बाँकेका न्यायधिश धनसिंह महराले थुनुवा, कैदीबन्दीहरुलाई औषधी हस्तान्तरण गरेर आँखा उपचार शिविरको उदघाटन गर...
चिकित्सा शिक्षा ऐन २०७५ परिमार्जनकालागि संघर्ष समितिले १४ बुँदे ज्ञापनपत्र बुझायो

चिकित्सा शिक्षा ऐन २०७५ परिमार्जनकालागि संघर्ष समितिले १४ बुँदे ज्ञापनपत्र बुझायो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगन्ज, साउन २६ गते । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालगन्जले राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लाई परिमार्जन गर्न माग गर्दै सरकारलाई ज्ञापनपत्र पठाएको छ । संघर्ष समितिका केन्द्रीय सदस्य संजय सिंहले बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यमार्फत राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ लाई परिमार्जन लगायतका १४ बुंदे मागसहितको ज्ञापनपत्र पठाईएको बताउनुभयो । संघर्ष समितिका केन्द्रीय सदस्य सिंह र चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालगन्जका संयोजक नन्दिता रिजालले सो ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी आचार्यलाई बुझाउनुभयो । ज्ञापनपत्रमा ऐनले तोकेको दुई वर्षभित्र अस्पताल निर्माणको समयसिमा बढाएर पाँच वर्ष पुराउनु पर्ने, आयोग र सिटिईभिटिको कारण बन्द भएका कलेजमा तत्काल विद्यार्थी भर्नाको व्यवस्था मिलाउनु पर्नेलगायतका विभिन्न १४ बुँदे माग अघि सार्दै धर्ना, तथा प्रर्दशन समेतका क...