स्थायी राजधानीको निर्णय कार्यान्वयन गर्नु लुम्बिनी प्रदेश सरकारको मुख्य उपलब्धी
नेपालगञ्जपाटी समाचार
भालुवांग, पुस १२ । लुम्बिनी प्रदेश सरकारले प्रदेशको स्थायी राजधानी बनाउने निर्णयको कार्यान्वयनको विषयलाई मुख्य उपलब्धीको रुपमा लिएको छ ।
प्रदेश सरकारका गौरवका आयोजनाको बारेमा जानकारी दिन मंगलवारआयोजना गरिएको कार्यक्रममा यस विषयलाई मुख्य उपलव्धीका रुपमा लिईएको जानकारी दिईयो ।
गौरवका आयोजनाका रुपमा रहेको लुम्बिनी प्राविधिक विश्व विद्यालय बाँकेको खजुरामा स्थापना गरी काम तिव्रताका साथ अघि बढाइएको, लुम्बिनी प्रदेशको प्रादेशिक अस्पताललाई विशेषज्ञ देशकै नमूना अस्पताल निर्माण बजेट नीति अनुसार काम अघि बढाइएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम लागु गरी प्रदेशका एकसय नौ वटै स्थानीय तहमा कार्यान्वयन गर्दा यस्ले सकरात्मक परिणाम दिएको निष्कर्ष प्रदेश सरकारको छ ।
लुम्बिनी प्रदेश सरकारको तर्फबाट कार्यवाहक मुख्यमन्त्री तथा आन्तरिक मामिला कानुन तथा सञ्चार मन्त्री तिलकराम शर्म...









