समाचारदाता
नेपालगञ्ज, भदौ २ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका विपन्न कृषक सहमुहरुलाई कृषि उत्पादकत्वमा वृद्धि गरी खाद्य सुरक्षा र गरिबी निवारण सुनिश्चित गर्ने उद्देश्यले ६ वटा समरसेवल ट्युबवेल जडान गरेको छ ।
क्लबले कतार च्यारिटीको साझेदारीमा सञ्चालित साना सिँचाइ सहयोग परियोजना अन्तर्गत खजुरा गाउँपालिकाका ६ वटा कृषक समुहलाई सिंचाईको लागि समरसेवल ट्युबवेल जडान गरेको हो ।
व्यावसायिक तरकारी खेती र अन्य बालीको उत्पादन बृद्धिका लागि कृषक समुहलाई सिंचाईका लागि सो ट्युबवेल प्रदान गरिएको कतार च्यारिटि नेपालका कार्यवाहक निर्देशक ईर्शाद अलि शेषले बताउनुभयो ।
उहाँले सिंचाईको अभावमा व्यवसायीक तरकारी खेती गर्न चाहने विपन्न किसानलाई समस्या परेको देखेर यो सहयोग प्रदान गरिएको बताउनुभयो ।
यसैगरि कतार च्यारिटि नेपालका ईन्जिनियर आमिर फैसलले विपन्न कृषक र अन्य विपन्न परिवारका ल...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ २ । नेपालगञ्ज उद्योग वाणिज्य संघका प्रवक्ता तथा व्यवसायीअगुवा टंक बहादुर धामीलाई पक्राउ गरिएकोमा जिल्लाका सम्पुर्ण उद्योगी व्यवसायीहरुले घोर भत्र्सना गर्दै तत्काल रिहा गर्न माग गरेका छन् । धामीलाई विना शर्त तत्काल रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत व्यवसायीहरुले दिएका छन् ।
उद्योग व्यवसायी संघ बाँकेले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै धामीको पक्राउ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं २ घरबारी टोलका व्यवसायीहरुलाई राजश्व अनुसन्धान कार्यालय कोहलपुरबाट खटी आएको बाबुराम पन्थी नेतृत्वको टोलीले सुनियोजित तरिकाबाट पसल भित्र पसी व्यवसायीलाई कुनै जानकारी नदिइ एक्कासि जवरजस्ती छापा मारी ब्यापारीहरुलाई आतंकित गर्ने गरेको सो कार्यमा व्यवसायीलाई सहजीकरण गर्न पुग्नु भएका उद्योग व्यवसायी संघका केन्द्रिय प्रतिनिधि टंक बहादुर धा...
नेपालगञ्जपाटी समाचारदाता
नेपालगञ्ज, भदौ १ । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बढैयाताल गाउँपालिकामा आ.व. ०७८÷०७९ मा संचालन गरिएका परियोजनाहरुको प्रगती तथा आगामी कार्यक्रमको बारेमा जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको आयोजना र बढैयाताल गाउँपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो ।
खासगरी स्थानीयतहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उध्येश्यका साथ आयोजना गरिएको उक्त बैठकको अध्यक्षता बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारीले गर्नु भएको थियो भने अतिथीको रुपमा प्लान ईन्टरनेशनल नेपालका क्षेत्रीय प्रबन्धक मिना पराजुली र बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने रह...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन ३१ । नेपालगञ्ज उपमहानगर लगायत वरिपरिको फोहोर व्यवस्थापनका लागि उपमहानगर, नागरिक समाज र अन्य सरोकारवाला सबैले मिलेर काम गर्ने प्रतिवद्धता जनाईएको छ ।
सबैले आ आफ्नो जिम्मेवारी समयमै पुरा गरेमा फोहर व्यवस्थापन सहज रुपमा गर्न सकिने र उपमहानगरलाई स्वच्छ र सफा राख्न सकिने समेत ठहर गरिएको छ ।
जीआइजेड र एमडीएम फ्रान्सको सहयोगमा बि ग्रुपले सञ्चालन गरेको फोहोरको ‘कम प्रयोग, पुन प्रयोग र प्रशोधित गरेर प्रयोग’ अभियान अन्तर्गत नेपालगञ्जमा गरिएको सचेतना र्याली पश्चात आयोजना गरिएको अन्तरक्रियामा सो प्रतिवद्धता जनाईएको हो ।
नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्ट, बि ग्रुपका अध्यक्ष टेक बहादुर पुन, सरसफाई शाखाका प्रमुख प्रकाश डिसी, सरसफाई अभियन्ता डा. विनोद कर्ण, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारी लगायतको उपस्थ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन ३१ । उपचारका लागि नेपालगन्जस्थित भेरी अस्पताल पुगेकी गर्भवतीसहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि उनका आफन्तले अस्पतालमा बबाल गरेका छन् । अस्पतालका अनुसार नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी २२ वर्षीया रजिया खातुन र उनका जुम्ल्याहा शिशुको उपचारकै क्रममा मृत्यु भएको हो ।
चिकित्सकले खातुनको पेट शल्यक्रिया गरेर जुम्ल्याहा बच्चा निकालेका थिए । शल्यक्रिया गरेको केहीबेरमै सोमबार दिउँसो ३ बजेतिर आमा र जुम्ल्याहा शिशुको मृत्यु भएको थियो।
३२ साताकी गर्भवती आमासँगै जुम्ल्याहा शिशुको पनि ज्यान जाँदा आफन्तजन उत्तेजित हुन पुगेका थिए । उनिहरुले निकै बेरसम्म अस्पतालका प्रमुख डा. बद्री चापागाईसहितका चिकित्सक र स्वास्थ्यकर्मीलाई घेराउ गरेर उपचारमा लापरवाही गर्ने चिकित्सक झिकाउन माग गरेका थिए । विरामीको उपचार फाइल पनि राम्ररी मेन्टेन नगरिएको पाईएकोले लापरवाही हद...
सिराज खान
नेपालगञ्ज, साउन ३१ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईको निर्देशनमा नेपालगञ्जमा चार र कोहलपुरमा एक गरि पाँच वटा आकाशे पुल निर्माण गरिने भएको छ ।
नेपालगञ्ज र कोहलपुरका सडकमा अत्याधिक सवारी साधन गुड्न थालेका कारण विभिन्न महत्वपुर्ण चोकमा सर्वसाधारणलाई सडक पार गर्न समस्या भएको दुर्घटनाको जोखिम बढेका कारण आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको मन्त्री राईले बताउनुभयो ।
उहाँले रत्नराजमार्गको जमहुनाहा कोहलपुर सडकखण्डको नेपालगञ्जस्थित गणेशमान चोक, धम्बोझी चोक, कारकाँदो चोक, राँझा चोक र कोहलपुरको हाइस्कुल चोकमा आकाशे पुल निर्माण गर्ने निर्णय गरिएको बताउनुभयो ।
यसका साथै जमुनाहादेखि राँझासम्मको राजमार्गमा स्ट्रीट लाइटको अभाव देखिएकोले सो सडकमा दुबैतिर मुख फर्काईएका स्ट्रीट लाइटहरु जडान गर्ने निर्णय पनि गरिएको मन्त्री राईले बताउनुभयो ।
उहाँले यसअघि उपमहानगरपालिका...
सिराज खान
नेपालगञ्ज, साउन ३१ । बाँकेको कोहलपुर ६ सृजना चोक निवासी डिल्लीराम पोखरेल नेपालगञ्जबाट महेन्द्रनगरसम्म चल्ने बसको खलाशी हुनुहुन्थ्यो । बसमा खलाशीको काम गरेर उहाँको परिवारको गुजारा चल्ने गरेको थियो ।
तर २०६८ साल असोज २४ गते उहाँले नसोचेको घट्ना घट्यो । सो दिन महेन्द्रनगर नजिक उहाँले काम गर्ने बस पल्टिंदा बसमा सवार तीन जना यात्रीको मृत्यु भयो भने पाँच जना घाइते भए ।
गम्भीर घाइते भएकाहरु मध्ये एकजना पोखरेल पनि हुनुहुन्थ्यो । उहाँको दुबै खुट्टा च्यापिएर निकै चोट लागेको थियो । गम्भीर अवस्था भएकोले नेपालगञ्जमा सामान्य उपचारपछि उहाँलाई काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा रेफर गरियो ।
काठमाण्डौको सहीद मेमोरियल अस्पतालमा दोस्रो दिननै पोखरेलको दायाँ खुट्टा काट्नु पर्यो । त्यसको ठीक एक वर्षपछि अर्को खुट्टाको घाउ पनि पाक्दै गएपछि सो खुट्टा पनि सोही अस्पतालमा काट्नु परेको पोखरेलले बताउनुभय...
समाचारदाता
नेपालगञ्ज, साउन ३० । कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखलाई बर्दिया युनेस्को संघले भव्य स्वागत र सम्मान गरेको छ ।
बर्दियाको राजापुर नगरपालिकाको मानपुर टपरामा आयोजना गरिएको एक बृहत्त कार्यक्रमकाविच संघले कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेखलाई सो स्वागत सम्मान गरेको हो ।
बर्दियाको भ्रमणमा रहनुभएको बेला बाँके युनेस्को क्लबको टोलीसंगै राजापुरको मानपुर टपरा पुग्नु भएका कार्यवाहक निर्देशक शेषलाई फुलमालासहित भव्य स्वागत सम्मान गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर मायाको चिनो समेत प्रदान गरिएको थियो ।
बर्दिया युनेस्को संघका अध्यक्ष भिमसेन चौधरीले शेषलाई स्वागत सम्मान गर्दै थारु समुदायको पहिचान झल्काउने आकर्षक र सुन्दर ढकरीलाई मायाको चिनोको रुपमा प्रदान गर्नुभयो ।
सो अवसरमा बोल्दै कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक शेषले संघले गरेको स्वागत र सम्म...
समाचारदाता
नेपालगञ्ज, साउन ३० । कतार च्यारिटी नेपालका कार्यवाहक निर्देशक इरशाद अली शेखले बाँके, बर्दिया र कैलालीमा सञ्चालित विभिन्न कार्यक्रमको स्थलगत अनुगमन निरिक्षण गर्नुभएको छ ।
च्यारिटीको सहयोगमा बाँके युनेस्को क्लबमार्फत उपरोक्त जिल्लामा सञ्चालनमा रहेका विभिन्न कार्यक्रम र सहयोगको अवस्थाबारे उहाँले स्थलगत निरिक्षण अनुगमन गर्नुभएको हो ।
कार्यवाहक निर्देशक शेषले पहिलो दिन बाँकेको खजुरा, जानकी र नेपालगञ्जमा रहेका कार्यक्रमको अनुगमन गर्नु भएको थियो भने दोस्रो दिन र तेस्रो दिन बाँकेको नेपालगञ्ज, बैजनाथ, नरैनापुर, राप्तीसोनारी, बर्दियाको राजापुर र कैलालीको टिकापुरमा पुगेर अनुगमन गर्नु भएको थियो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले दिनु भएको जानकारी अनुसार शेषसहितको क्लबको टोलीले बाँकेको बैजनाथ चिसापानीमा निर्मित शौचालय, राजापुरको बदालपुर स्वास्थ्य चौकीमा प्रदान ग...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, साउन २९ । भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई मन्त्री भएको २ महिना नपुग्दै उहाँको मन्त्रालयसंग सम्बद्ध विकास निर्माणका योजनाहरु बाँके जिल्लामा शुरु हुन थालेका छन् ।
बाँके क्षेत्र नम्बर २ का संघीय सांसद समेत रहनुभएका मन्त्री राईको निर्देशनमा यसअघि साउन १५ गते नेपालगञ्जको पुष्पलाल चोकदेखि कम्दीस्थित सिधनिया घाटको राप्तीनदीको पुलसम्मको सडकलाई फराकिलो पार्ने योजनाको टेण्डर आह्वान गरिएको थियो ।
सोही प्रकारले मन्त्री राईकै निर्देशनमा आइतवार पनि बाँकेको जमुनाहादेखि राँझासम्मको १० किलो मिटर ८०० मिटर फोरलेन सडकलाई स्तरोन्नती गरेर असफाल्ट कालोपत्रे सडक निर्माण गर्न टेण्डर आह्वान गरिएको छ ।
त्यसका साथै महेन्द्रराजमार्गको किरननाला–बनकटवा सेक्सनको सडकलाई पनि अस्फाल्ट ओभरले गर्ने योजनाको समेत टेण्डर आइतवारनै आह्वान गरिएको छ ।
रत्नराजमार्गको ज...