सशस्त्र प्रहरीको उपचारमा पनि नेपालगञ्ज मेडिकल कलेजले सहुलियत प्रदान गर्ने
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, असार २४ । नेपालगञ्ज मेडिकल कलेज र सशस्त्र प्रहरी अस्पताल विच सहुलियतमा सशस्त्र प्रहरीको उपचार गर्ने सम्झौता शुक्रवार सम्पन्न भएको छ । सो सम्झौता सशस्त्र प्रहरी बल महिला संघको समन्वयमा भएको हो ।
सशस्त्र प्रहरी अस्पतालले रिफर गरेका बहालवाला सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरी र उनको परिवारको सदस्यको उपचार नेपालगञ्ज मेडिकल कलेजको नेपालगञ्ज र कोहलपुरस्थित शिक्षण अस्पतालमा सहुलियतमा गर्ने गरि सम्झौता भएको मेडिकल कलेजको नेपालगञ्ज शिक्षण अस्पतालका सह निर्देशक डा. रोमन किदवाईले बताउनुभयो ।
उहाँले सशस्त्र प्रहरी अस्पताल नौबस्ताबाट रिफर भएर आएका सशस्त्र प्रहरी, पुर्व सशस्त्र प्रहरी र उनका परिवारलाई उपचारमा सहुलियत दिने गरि दुबै संस्थाविच सम्झौता भएको बताउनुभयो ।
यो सम्झौताले यस क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीको उपचारमा सहजता हुनुका साथै उनिहरुको आर्थिक अवस्था हे...









