नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २२ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआइजी नल प्रसाद उपाध्यायले नजिकिदै गरेको स्थानिय तहको निर्वाचनलाई शान्तिपुर्ण र त्रुटी रहित ढंगले सम्पन्न गराउन कुनैपनि कसर बाँकी नराख्न बाँके प्रहरीलाई निर्देशन दिनुभएको छ । उहाँले सबैले जिम्मेवारीपुर्वक आ आफ्नो कार्य क्षेत्रमा खटिएर निर्वाचनलाई सफल गराउन अहम भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
डीआइजी उपाध्यायले जिल्ला प्रहरी कार्यालय बाँके र बर्दिया तथा मातहतका प्रहरी ईकाईमा कार्यरत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित कार्यक्रममा विहिबार सम्बोधन गर्दै सो निर्देशन दिनुभएको हो । लुम्बिनी प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक निरिक्षणका लागि बाँकेमा पुग्नु भएका डीआइजी उपाध्यायले प्रहरीको पहिलो कर्तव्यनै शान्ति सुरक्षा कायम गर्नु र अपराध...
सिराज खान
नेपालगञ्ज, बैशाख २१ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिंदै गर्दा बाँकेका सुरक्षा अधिकारीहरु मतदानस्थलहरुको सुरक्षा व्यवस्था मिलाउन सक्रिय छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका केही मतदानस्थलहरु अतिसंवेदनशिल रहेकोले ती मतदानस्थलको सुरक्षा कडा पार्न सुरक्षा अधिकारीहरुले उपमहानगरका मतदानस्थलहरुको स्थलगत निरिक्षण शुरु गर्नुभएको छ ।
निर्वाचनका लागि अब धेरै दिन नबचेकोले शान्तिपुर्ण मतदानको व्यवस्था मिलाउन मतदानस्थलको सुरक्षामा विशेष ध्यान दिईएकोले स्थलगत निरिक्षण शुरु गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बताउनुभयो ।
उहाँले उपमहानगरका मतदानस्थलहरुको स्थलगत निरीक्षण शुरु गरिएको जनाउँदै त्यहाँ पुगेर लोकेसन हेर्दै सुरक्षा रणनिति तयार पार्ने कार्य गरिरहेको बताउनुभयो ।
निर्वाचनका बेला मतदानस्थलमा खटाउनु पर्ने सुरक्षाकर्मीको संख्या र भौतिक पूर...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २१ । नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको संकल्प पत्र सार्वजनिक गरिएको छ । बुधबार नेपालगञ्जमा एक समारोहका बीच गठबन्धनमा रहेका पाँच वटै दलका केन्द्रिय नेताहरुले सो संकल्प पत्र सार्वजनिक गर्नभयो ।
नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर, काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, नेकपा (एकिकृत समाजवादी)का केन्द्रिय सदस्य अशोक कोइराला, नेकपा माओवादी केन्द्र नेपालगञ्ज उपमहागरपालिकाका उपाध्यक्ष तारा खत्री, राष्ट्रिय जनमोर्चाका जगदिश ढकाल, नगर प्रमुख पदका उम्मेदवार प्रशान्त बिष्ट, उपप्रमुख पदका उम्मेदवार कमरुद्दीन राई लगायतले संयुक्त रुपमा संकल्प पत्र सार्वजनिक गर्नुभएको हो ।
‘पाँच वर्ष, पाँच संकल्प’ भन्ने मुल नाराका साथ सार्वजनिक गरिएको उक्त संकल्प पत्रमा सद्भावको शहर, हरित नगर, रिंङरोड सहितको सडक सञ्जाल र पुर्वाधार, सेवा र सुशासन तथ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २१ । नेपालगन्ज पश्चिम नेपालको एक ठूलो र ऐतिहासिक सहर हो । यहाँको विकासले सबै ठाउँमा असर गर्छ । यसका साथै यस सहरको आफ्नै विशेषता छ । यहाँ धार्मिक सदभावको उत्कृष्ट नमुना छ । यी कुरालाई ध्यानमा राखेर अब नेपालगन्जमा ठूला र रणनीतिक भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यको सेवाको स्तरोन्नति गर्ने हो ।
अब नेपालगन्जमा ठूला पार्क, राम्रा पाठशालाहरु, आकासे पुल, पर्यटन विकास, विश्वविद्यालय, औद्योगिक विकासलाई हामीले प्राथमिकता दिने हो । यसका साथै नेपालगन्जको सामाजिक र धार्मिक सदभावलाई बढावा दिने हो । यस सहरलाई विविध धार्मिक उत्सवहरुको सहरका रुपमा विकास गर्ने हो । यहाँको पर्यटन र व्यावसायिक विकासका लागि काम गर्ने हो ।
स्वास्थ्य सेवाको सुधार गर्ने हो । सबभन्दा दुःखको कुरा हाम्रा युवाहरु बेरोजगार छन् । उनीहरुको रोजीरोटीको ग्यारेन्टीका लागि काम गर्ने हो । रोजगारी सिर्ज...
नेपालगञ्जपाटी समाचार
बर्दिया, बैशाख १७ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बालबालिकाहरुको प्रयोग हुन नदिने र बालअधिकार उल्लंघन हुनबाट रोक्ने प्रतिवद्धता बर्दिया जिल्लाका राजनितिक दलहरुले गरेका छन् ।
प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बालबालिका शान्ति क्षेत्र, राष्ट्रिय अभियान, बाँके युनेस्को क्लब, साथी संस्था, बी ग्रुप, गेरुवा ग्रामिण जागरण समाज, स्याक नेपाल र थारु महिला उत्थान केन्द्र लायतका संघ, संस्थाहरुको संयुक्त आयोजनामा बर्दियामा आयोजना गरिएको कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
सो कार्यक्रम बालविवाह, चाडै विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना अन्तर्गत गरिएको थियो ।
जिल्लाका राजनितिक दल तथा विभिन्न सरोकारवालाहरुसँग स्थानीय निर्वाचन र बालबालिकाहरुका सवालहरु बिषयक गरिएको अन्तरक्रिया कार्यक्रममा सबै दलले सो प्रतिवद्धता व्यक्त गरेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अल...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १६ । नेपालगञ्ज वडा नम्बर ५ बाट स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिनु भएकी माओवादी नेतृ कल्पना शर्माले उम्मेदवारी फिर्ता लिनु भएको छ । शर्माले शुक्रवार उम्मेदवारी फिर्ता लिएको जानकारी गराउनु भयो ।
माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटिको परिपत्र र नेकपा माओवादी बाँकेका निवर्तमान अध्यक्ष तथा प्रदेससभाका सांसद आईपी खरेल, नेपालगञ्ज उपमहानगरका अध्यक्ष रतन शाहीको आग्रहमा स्वतन्त्र रुपमा दिएको उम्मेदवारी फिर्ता लिएको बताउनुभयो । उहाँले माओवादी नेताहरुले टिकट वितरणमा केही सामान्य त्रुटी भएको हुनसक्ने जनाउँदै भविष्यमा त्यस्ता कुरामा ध्यान दिने प्रतिवद्धता जनाउनु भएकोले आफुले उम्मेदवारी फिर्ता लिएको बताउनुभयो ।
यसअघि लामो समयदेखि वडा नम्बर ५ मा पार्टी र जनताको सेवा गर्दै आउनु भएकी नेतृ शर्माले वडा अध्यक्षको उम्मेदवारमा दावेदारी प्रस्तुत गर्नुभएको थ...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १५ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालगन्जको मेयरमा उम्मेदवारी दिनु भएका व्यापारी नेता नन्दलाल बैश्यले आफु मात्रै एक्लो सबैको साझा उम्मेदवार भएको दावी गर्दै सबैको सहयोग र समर्थन पाउने बताउनु भएको छ । उहाँले सोही कारणले आफ्नो जीत सुनिश्चित भएको पनि प्रष्ट पार्नुभयो।
नेपालगञ्जपाटी डटकमसंग विशेष कुरागर्दै मेयरका उम्मेदवार वैश्यले आफु समाजको हर तह र तप्कासंग प्रत्यक्ष जोडिएकोले उपमहानगरका हरेक साना ठुला व्यवसायीदेखि लिएर अन्य नागरिकको समर्थन र सहयोग मिलिरहेको बताउनुभयो ।
निर्वाचनमा उम्मेदवार नभएको बेला पनि आफु जनताको घर घरमा पुगेर हालखबर लिने तथा सुखदुख बाँड्ने गर्दै आएको र हिन्दु, मुस्लिम, सिख र ईसायृ सबै धर्मको चाडपर्व लगायत अन्य सामाजिक कार्यमा पनि निरन्तर खटिने गरेकोले हरेकले आफ्नो मानिस भन्ने गरेको बताउनुभयो । निर्वाचनका लागि सहरदेखि गाउँ गाउँस...
संविधान र संघियताको रक्षाका लागि गठबन्धन बनेको पुर्वमन्त्री राईको भनाई
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १४ । बाँकेको नेपालगञ्ज उपमहानगर, खजुरा, कोहलपुर र जानकी गाउँपालिकामा भएको बलियो गठबन्धनका कारण ती चार वटै पािलकामा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको दावी गठबन्धनका दलहरुले गरेका छन् । नेपालगञ्जमा नेपाली काँग्रेस र जसपा, खजुरामा नेकपा माओवादी र नेपाली काँग्रेस, कोहलपुरमा नेकपा माओवादी र एकिकृत समाजवादी तथा जानकीमा जसपा र माओवादी गठबन्धन अन्य दलहरु भन्दा धेरै अगाडी रहेको स्थानीयले बताएका छन् । नरैनापुर र डुडुवामा भने जनता समाजवादी पार्टी एक्लै अन्य दलभन्दा अगाडी रहेको जसपाको दावी छ ।
जानकी गाउँपालिकामा गत निर्वाचनमा बलियो अवस्थामा रहेका जसपा र माओवादी केन्द्र मिलेपछि अहिले सो गठबन्धन निकै बलियो बनेको जसपाबाट अध्यक्षका उम्मेदवार राजिव बर्माले बताउनुभयो । उहाँले यस पटक जसपा ए...
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १२ । विगत लामो समयदेखि माओवादी केन्द्रमा आवद्ध रहेर निरन्तर सक्रियतापुर्वक जनता र पार्टीको काम गर्दै आउनु भएकी कल्पना शर्माले नेपालगञ्ज वडा नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिनु भएको छ ।
पार्टीको तर्फबाट खटिएर दिनरात जनताको सेवासंगै संगठन निर्माणको काम समेत गर्दै आउनु भएकी शर्मालाई अन्तिममा आएर माओवादी केन्द्रले टिकट नदिएपछि स्थानीय वासिन्दाको दवावका कारण बाध्य भएर स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएको छ ।
नेपालगञ्जको उद्योगी व्यवसायीविच अत्याधिक लोकप्रिय रहनु भएकी नेतृ शर्माले स्थानीयको चर्काे दवावका कारण आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभयो ।
उहाँले टिकट वितरणमा आफुसंग मात्र नभई धेरैजनासंग अन्याय भएको जनाउँदै पार्टीको यस्तो निर्णयले नेपालगञ्जमा माओवादीलाई ठुलो क्षति भएको बताउनुभयो ।
वडावासीको सदासयता र आत्मियताका कारण आफुले उम्मेदवारी दि...
सिराज खान
नेपालगञ्ज, बैशाख १२ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगञ्जमा सत्ता साझेदार गठबन्धनको तर्फबाट मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्धीन राईले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
गठबन्धनमा रहेका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बाजागाजासहितको जुलुससंगै सोमवार दिउँसोपछि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
जनता समाजवादी पार्टी बाँकेले रंगशालास्थित आफ्नो पार्टी कार्यालयबाट र नेपाली काँग्रेस बाँकेले सुर्खेतरोडस्थित आफ्नो कार्यालयबाट छुट्टा छुट्टै जुलुससहित गएर संगै उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवारी दर्ता गराएलगत्तै त्यहाँ उपस्थित पत्रकारहरुसंग कुरा गर्दै मेयरका उम्मेदवार विष्टले विशेष परिस्थितिमा बनेको गठबन्धनले विशेष उदेश्य पुरा गर्ने दावी गर्दै नेपालगञ्जमा गठबन्धनक...