यौन तथा प्रजनन् निशुल्क स्वास्थ्य शिविरमा १४१ महिलाको स्वास्थ्य परीक्षण
११२ जनाको पाठेघरको क्यान्सर परीक्षण गर्दा २८ जनामा पोजेटिभ
समाचारदाता
नेपालगन्ज, मंसिर २३ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ स्थित सहरी स्वास्थ्य प्रर्वद्धन केन्द्रमा मंगलवार सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सर परीक्षण सम्बन्धि यौन तथा प्रजनन् स्वास्थ्य शिविरमा १४१ जना महिलाको स्वास्थ्य परीक्षण गरेर औषधी बितरण समेत गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा भेरी वातावरणीय विशिष्टता समूह बीग्रुप, ए.एफ.डी. र एम.डि.एम.फ्रान्सको सहयोगमा सोे निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
सो शिविरमा स्वास्थ्य परीक्षणकालागि आएका १४१ जना महिलामध्ये अधिकांशमा पाठेघर सम्बन्धि विभिन्न प्रकारका संक्रमण देखिनुका साथै २८ जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद अवस्था देखिएको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ का संयोजक समद सिद्दिकीले बताउनुभयो ।
उहाँले उक्त शिविरमा ४३ जनाको पाठ...









