बर्दियाका तीन पालिकाका किशोरीहरुकालागि “कला नै शक्ति हो” बिषयक कार्यशाला सञ्चालन
समाचारदाता
नेपालगन्ज, २ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन नगरपालिकामा स्थानीयस्तरमा युवा सहभागिता प्रवद्र्धनगर्न “कला शक्ति हो” बिषयक कार्यशाला सञ्चालन गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा सञ्चालन गरेको बालिका शसक्त परियोजना अन्तर्गत सो कार्यशाला शुरु गरेको हो ।
उक्त कार्यशालाको प्रमुख उद्देश्य किशोरीहरूलाई गीत, कविता, नृत्य, नाटक, चित्रकला, भाषण, गायन र लोक युगल गीतहरूमार्फत आफ्नो अन्तर्निहित ऊर्जा, रचनात्मकता, भावना, आवाज र सरोकार व्यक्तगर्न प्रोत्साहित गरेर सशक्त बनाउनु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
सो कार्यशालाको उदघाटन गर्दै प्लान इन्टरनेशनल नेपालकी युवा अभियान कार्यक्रम विशेषज्ञ लक्ष्मी चौधरीले यस्ता कार्यशालाहरुबाट बालिका तथा किशोरीहरुको भित्र लुकेका प्रतिभालाई उजागर गर्न मद्दत मिल्ने बताउनुभयो ।
बाँके युनेस्को क्लबका उपन...









