बाँकेमा ३३ करोडको कागज प्रशोध उद्योग निर्माण प्रक्रिया शुरु, शेयर सदस्यता वितरण
सिराज खान
नेपालगन्ज, पुस ९ गते । बाँकेमा कागज प्रशोधन उद्योग निर्माणको तयारी अगाडी बढाइएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले एक्सीलेन्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग निर्माणको तयारी अगाडी बढाएको हो ।
एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुरमा आयोजना गरेको विशेष भेला तथा शेयर सदस्यता वितरण कार्यक्रममा एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले उद्योग निर्माण प्रक्रिया अगाडी बढाइएको बताउनुभयो ।
कार्यक्रममा ५१ जनालाई प्रालिको शेयर सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल र एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष भण्डारीले सो कार्यक्रममा शेयर सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा बोल्दै राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष पौडे...









