बाँकेमा गरिने मिडिया सम्मेलनकालागि प्रेस सेन्टरद्धारा सुझाव संकलन
समाचारदाता
नेपालगन्ज, फागुन २२ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले बाँकेको कोहलपुरमा फागुन २४ र २५ गते ‘लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन २०८०’ आयोजना गरिने जनाएको छ । ‘शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता श्रम अधिकार, समृद्धि र सुशासन जनपक्षीय पत्रकारिताको लागि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ उक्त सम्मेलन हुन लागेको हो ।
सम्मेलनका बारेमा सुझाव संकलन गर्न मंगलवार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा कोहलपुरस्थित शहिद स्मृति भवनमा सो सम्मेलन आयोजना गरिने प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष एवम् सम्मेलन तयारी समितिका संयोजक मानसिंह विश्वकर्माले जानकारी दिनुभयो । उक्त सम्मेलनको उदघाटन प्रमुख अतिथी एवम नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग इन्चार्ज अग्निप्रसाद सापकोटाले गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।
सम्मेलनको उद्घ...









