स्वास्थ्य बीमा गराएका बिरामीका भेरी अस्पतालप्रति गुनासै गुनासा
बिग्रुपद्धारा स्वास्थ्य बीमाको अवस्था बारे भेरी अस्पतालमा अनुगमन
सिराज खान
नेपालगन्ज, जेठ १० । स्वास्थ्य उपचारमा सहजता र सरलताकालागि स्वास्थ्य बीमा गराएर यहाँस्थित भेरी अस्पतालमा उपचार गराउन पुगेका यस क्षेत्रका अधिकांश बिरामीहरुले सेवा प्रवाह बारे गुनासै गुनासा गरेका छन् ।
भेरी अस्पतालको बीमा काउण्टर र औषधी वितरण काउण्टरमा भेटिएका अधिकांश बिरामीले कर्मचारीको व्यवहार रुखो भएको, अस्पताल भित्रै रहेका विभिन्न परिक्षणका लागि बाहिर पठाउने गरिएको, निशुल्क पाउने अधिकांश औषधी नदिने गरिएको, बीमा गराएका बिरामीको पालो पछि पार्ने गरिएको र जेष्ठनागरीक, अपाङ्गता भएका लगायतका लागि छुट्टै व्यवस्था नरहेको गुनासो गरेका छन् ।
एमडीएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपद्धारा बाँकेका तीनवटा पालिकामा सञ्चालन गरिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत अनुगमन गर्न...









