गुलरियामा बिद्यार्थिलाई सिकाईमा परिवर्तन सम्बन्धि परामर्श दिईयो
समाचारदाता
नेपालगन्ज, माघ १२ । बर्दियाको गुलरिया नगरपालिका वडा न ११ गौरी शंकर माध्यमिक बिद्यालय डल्लापुरका बिद्यार्थीहरुकालागि एक दिने सिकाईमा परिवर्तन, जिवन उपयोगी सीप तथा करियर बिकास सम्बन्धि उत्पे्ररणात्मक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रमको सहजिकरण सिटिएस नेपालका रबि किरण श्रेष्ठले गर्नु भएको थियो । उहाँले सहजीकरण गर्दै सिकाईका परिवर्तन ल्याएर जीवनउपयोगी सिप सिक्ने कुरालाई प्राथमिकतामा राखेर करियर विकासलाई केन्द्रविन्दुमा राख्नु पर्ने कुरा बताउनुभयो ।
उक्त कार्यक्रममा शसक्त बालिका परियोजनाका परियोजना प्रमुख गोबिन्द प्रसाद लामिछानेले बिद्यार्थीहरुलाई परिक्षामुखि मात्र नभई पढाईलाई जग बलियो बनाउन र प्रतिष्पर्धामा आउनको लागि माध्यम बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।
उहाँले फाउन्डेसनमा जोड दिने र अतिरिक्त कृयाकलाप सहित समसामयिक सुचनाहरुको अपडेट समेतको सिकाईलाई प्राथमिकता...









