युवा महिलाहरुको व्यवसाय विकास र रोजगार प्रवर्द्धनकालागि पैरवी सञ्जाल गठन
समाचारदाता
नेपालगन्ज, असोज ६ । बर्दियाका दुई वटा पालिकामा युवा महिलाहरुको व्यवसाय विकास र रोजगार पर्वद्धन गर्ने उदेशयले युवा उद्यमी संवाद तथा पैरवी सञ्जाल गठन गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा बर्दियामा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएका बैठक र छलफल पश्चात ती सञ्जालहरु गठन गरिएका हुन् ।
बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरका अनुसार पालिकास्थित बिभन्न परियोजनाको सहयोगमा १८ देखी २४ वर्षका युवा महिलाहरुलाई उनीहरुको व्यक्तिगत विकास तथा पेशागत विकास, व्यवसाय, रोजगार सम्बन्धि सिकाइ र सूचनाहरु आदान प्रदान गर्ने उदेश्यले पैरवी सञ्जाल गठन गरिएको बताउनुभयो ।
उहाँले प्लान इन्टरनेसनल नेपाल र बाँके युनेस्को क्लबको सहजीकरणमा बर्दियाका गुलरिया र ठाकुरबाबा नगरपालिकामा नगरपालिकास्तरीय व्यवसाय बिकास र रोजगार प्रर्वद्धनकालागि युवा महिला उद्यमी ...









