माओवादीको प्रमुख मिसन समाजवाद हो–उपमहासचिव जनार्दन शर्मा
समाचारदाता
नेपालगन्ज, पुस १४ । नेकपा माओवादी केन्द्रका केन्द्रिय उपमहासचिव जनार्दन शर्मा प्रभाकरले माओवादी केन्द्रको प्रमुख मिसन समाजवाद भएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाँकेद्धारा शनिवार यहाँस्थित त्रिभुवन चोकमा आयोजना गरिएको मधेसी, मुस्लिम र थारु मुक्ति मोर्चाको संयुक्त सभालाई सम्बोधन गर्दै उहाँले सो बताउनुभयो ।
पूर्व अर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहाुसचव शर्माले माओवादीको अबको यात्रा भनेको समाजवाद, सुशासन, समृद्धि र देशको विकास रहेको जनाउँदै सो लक्ष्य प्राप्तीका लागि पार्टीलाई सशक्त र बलियो बनाउने उदेश्यले नै रुपान्तरण अभियान सञ्चालन गरिएको बताउनुभयो ।
उहाँले माओवादी केन्द्रले देशका ६ हजार ७४३ वटा वडामा सञ्चालन गरेको जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने विशेष रुपान्तरण अभियानले जनतामा माओवादीप्रति फेरी पनि आशा जगाएको र कार्यकर्तामा उत्साह थपेको बताउन...









