किर्ते मुद्दामा पक्राउ परेपछि कारागारबाटै निर्वाचन लड्दै विद्या शर्मा
नेपालगन्ज, कात्तिक २२ । बाँके निर्वाचन क्षेत्र नम्बर २ की प्रतिनिधिसभा सदस्य उम्मेदवार विद्यादेवी शर्माले कारागारबाटै निर्वाचन लड्दै हुनुहुन्छ । उम्मेदवारी दर्ता गराएको केही समयमै नेपालगन्ज १५ निवासी शर्मालाई प्रहरीले सरकारी कागजात किर्ते तथा ठगी मुद्दामा पक्राउ गरेको थियो ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवारी दर्ता गराउनु भएकी शर्मालाई छोरीको जन्म दर्ताको कागजात किर्ते गरेको आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएकोले उहाँले कारागारबाटै निर्वाचन लड्दै हुनुहुन्छ । बाँके कारागारमा महिला बन्दी राख्ने व्यवस्था नभएकोले उहाँलाई बर्दिया कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
बर्दिया कारागारबाटै शर्माले निर्वाचन लडिरहनुभएको उहाँका निकटहरूले जनाएका छन् । निर्वाचन प्रचारप्रसार तीव्र भइरहेका बेला शर्माले जिल्ला अदालतको आद...









