नेपालगञ्जका मेयर उपमेयरले सपथ खाएलगत्तै पदभार ग्रहण गरे, पहिलो दिन ८ वटा निर्णय गरियो
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ ८ । नेपालगञ्ज उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राई लगायत जनप्रतिनिधीहरुले आइतवार सपथ लिएर कार्यभार समेत ग्रहण गरेका छन । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट नगर प्रमुखमा निर्वाचित विष्टलाई मुख्य निर्वाचन अधिकृत एवम् बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले एक भव्य कार्यक्रमविच सपथ गराउनुभयो ।
सपथ लिएपछि विष्टले नवनिर्वाचित नगर उपप्रमुख कमरुद्दिन राई र २३ वटै वडाका अध्यक्ष र वडा सदस्यहरुलाई सपथ गराउनुभएको थियो । यसअघि सो सपथ ग्रहण कार्यक्रमको उदघाटन पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईले गर्नु भएको थियो । सो अवसरमा बोल्दै उहाँले नेपालगञ्जको विकासका लागि आफुले निरन्तर सहयोग गरि राख्ने जनाउँदै संघ र प्रदेशबाट हुने सबै सहयोग दिलाउन प्रयत्नशिल रहने बताउनुभयो ।
...








