बर्दियाका दलहरुले निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिवद्धता गरे
नेपालगञ्जपाटी समाचार
बर्दिया, बैशाख १७ । बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा बालबालिकाहरुको प्रयोग हुन नदिने र बालअधिकार उल्लंघन हुनबाट रोक्ने प्रतिवद्धता बर्दिया जिल्लाका राजनितिक दलहरुले गरेका छन् ।
प्लान ईन्टरनेशनल नेपालको सहयोगमा बालबालिका शान्ति क्षेत्र, राष्ट्रिय अभियान, बाँके युनेस्को क्लब, साथी संस्था, बी ग्रुप, गेरुवा ग्रामिण जागरण समाज, स्याक नेपाल र थारु महिला उत्थान केन्द्र लायतका संघ, संस्थाहरुको संयुक्त आयोजनामा बर्दियामा आयोजना गरिएको कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।
सो कार्यक्रम बालविवाह, चाडै विवाह र जबरजस्ती विवाह रोकथाम परियोजना अन्तर्गत गरिएको थियो ।
जिल्लाका राजनितिक दल तथा विभिन्न सरोकारवालाहरुसँग स्थानीय निर्वाचन र बालबालिकाहरुका सवालहरु बिषयक गरिएको अन्तरक्रिया कार्यक्रममा सबै दलले सो प्रतिवद्धता व्यक्त गरेको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अल...









