अवैध आयात विरुद्ध प्रहरी सक्रिय, एकलाख ३३ हजारको सामान बरामद
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २४ । भन्सार राजस्व छलेर भारतबाट ल्याउने गरिएको अवैध सामानका विरुद्ध प्रहरीले सक्रियता बढाउँदै गएको छ । तर, सो संगसंगै तस्करहरुले पनि आफ्नो सक्रियता बढाएका छन् । प्रहरीले पछिल्लो समयमा आएर सोमवार नेपालगन्ज उपमहानगरपालिका–१६ सुइयाबाट भन्सार छलिको १ लाख ३३ हजारको अवैध सामान बरामद गरेको छ ।
भन्सार राजस्व छलेर ल्याईएको बच्चाको ज्याकेट, टिसर्ट, धोती, कूर्तिलगायतका वेवारिसे लत्ताकपडा बरामद गरिएको जमुनाह प्रहरीका इन्चार्ज मीनबहादुर विष्टले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक लाख ३३ हजार ७६० रुपैयाँ मूल्य बराबरको लत्ताकपडासहितको सामान बरामद भएको हो ।
विष्टका अनुसार तस्करहरुले भने प्रहरीलाई देखेपछि सामान छाडेर फरार भएका थिए । बरामद गरिएको सामान थप कारवाहीका लागि भन्सार कार्यालयको जिम्मा लगाइएको जमुनाह प्रहरी कार्यालयले जनाएको छ ।
लागु औषधको ओसारपसार र कारोबार ...









