एमसीसी खारेजीको माग गर्दै शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा विरोध प्रदर्शन
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ६ । एमसीसी पास नगर्न खगरदारी गर्न माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरुले शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा खवरदारी गर्दै विरोध प्रदर्शन गरेका छन ।
वाईसिएल,अखिल क्रान्तिकारी,अनेमसंघ क्रान्तिकारी, अखिल नेपाल सुकुम्वासीसंग लगाएत संगठनहरुले संयुक्त रुपमा बाँकेका दुबै सहरमा बिरोध प्रदर्शन गरेका हुन ।
नेपालगञ्जस्थित माओवादी केन्द्रको पार्टी कार्यालयबाट विभिन्न नराराहरु लगाउँदै शुरु भएको विरोध जुलुसले त्रिवेणी मोड, त्रिभुवनचोक, विपी चोक हुँदै धम्बोझी चोकमा पुगेर विरोधसभाको आयोजना गरेको थियो । सो विरोध प्रदर्शनमा एमसीसी खारेज गर, एमसीसी चाहिंदैन, यो राष्टघाती हो जस्ता नाराहरु लगाउँदै बलजफ्ती जनतामाथि लाद्ने कार्य गरिए कडा आन्दोलनको चेतावनी समेत प्रदर्शनकारीहरुले दिएका थिए ।
विरोधसभालाई सम्बोधन गर्दै वाईसियलका केन्द्रिय संयोजक सुमन देवकोटाले कुनैपनि हालत...









