स्काभेटरमा आगजनी गर्नेमाथि कारवाही नगरिए आन्दोलन गर्ने तरुणदलको चेतावनी
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २१ । अज्ञात सुमुहद्धारा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगर लामाचौरमा पार्किङ गरि राखिएको भे १ प ११११ नम्बरको स्काभेटरमा माघ १९ गते राति करिव पौने १० बजे आगजनी गरेको घटनाको निष्पक्ष छानविन गरेर दोषीलाई कारवाही नगरिए आन्दोलन गर्ने चेतावनी नेपाल तरुण दल क्षेत्र नंः १ बाँके र नेपाल तरुण दल कोहलपुर नगरले दिएको छ ।
एक प्रेस विज्ञप्ती मार्फत तरुण दलका दुबै ईकाईले घट्नाको भत्र्सना गर्दै तत्काल दोषीको खोजी गरेर पत्ता लगाई कारवाही गर्न माग गरेको हो ।
नेपाल तरुण दल क्षेत्र नंः १ बाँके सभापति दिग्विजय जंग राणा र नेपाल तरुण दल कोहलपुर नगर सभापति हरी कठायतद्धारा हस्ताक्षयर गरेको विज्ञप्तीमा कसैले झण्डा गाडेको भरमा आफ्नो निजी सम्पत्ति उपयोग गर्न नपाउनु र अझ आफ्नै सम्पत्तिमा आगजनी गरिनु तथा एक निर्माण व्यवसायीको संरक्षण नहुनु दुःखद पक्ष हो भन्दै यस्ता अवाञ...









