लागु औषध ओसार्न महिलाको प्रयोग बढ्यो
जे पाण्डे
नेपालगञ्ज, फागुन ३ । सीमा क्षेत्रमा चरेस र अफिम ओसारपसारमा पक्राउ पर्नेमध्ये महिलाको संख्या बढ्दो छ । विपन्न महिलालाई नेपाल(भारत दुवैतर्फका लागूऔषध कारोबारीले भरियाको रुपमा प्रयोग गर्न थालेपछि पक्राउ पर्नेको संख्या बढेको प्रहरीको अनुसन्धानले देखाएको हो ।
प्रहरीका अनुसार छोराछोरी धरौटीमा राख्न लगाएर आमालाई लागूपदार्थ ढुवानीमा भरियाका रूपमा प्रयोग गर्दै आएको पनि पाइएको छ । ‘भारतीय व्यापारीसँग मिलेर भरिया बनाए । छोराछोरीको पालनपोषण पनि गरिदिन्छौं भने,’ पक्राउ परेकी रोल्पाकी एक महिलाले भनिन्, ‘पठाउने मान्छे रोल्पाको हो ।’ भारतीय तस्करसँग मिलेका व्यापारीले आफूलाई चरेस र अफिम ओसारपसारको भरिया बनाउँदा छोराछोरीलाई अप्रत्यक्ष निगरानीमा राखेको उनले बताइन् । ‘जेलमा बस्दा पनि छोराछोरीलाई केही गर्ने हुन् कि भन्ने डरैडर भयो,’ उनले भनिन् । भरिया बन्न बाध्य भएका महिला सन्तानप्रतिको मायाले लागू...









