बाँके र बर्दियामा डकैती गर्ने डाँकाहरु पेस्तोलसहित पक्राउ
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २९ । बाँके र बर्दियाका विभिन्न स्थानमा पेस्तोल दखाई परिवारलाई बन्धक बनाएर डाँका मार्दै आएका दुई जना भारतीय डाँकालाई प्रहरीले पेस्तोलसहित पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार बाँकेको खजुरामा सुन व्यवसायीको घरमा र बर्दियाको बढैयातालमा एक व्यवसायीको घरमा पेस्तोल लगायतका हतियारको भरमा डाँका मारेर ठुलो रकम लुटपाट गरेका दुई जना भारतीय डाँकालाई पेस्तोलसहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बाँके खजुरा डि गाउँ बस्ने हरी प्रकास बिकको घरमा हतियारसहित पसेर ५० हजार नगद, साढे तीन तोला सुन र एक मोटरसाइकल लुट्ने तथा बर्दिया बढैयाताल ८ सितलाबजार बस्ने पर्शुराम सार्कीको घरमा पसेर पेस्तोल देखाई ३ लाख ३५ हजारको नगद र सुन लुट्ने भारतीय डाँकालार्ई पेस्तोलसहित पक्राउ गरिएको बताउनुभयो ।
...









