मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी
समाचारदाता
नेपालगन्ज, चैत १६ । सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । बुधवार भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् ।
त्यसैगरी नव निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष पदमा सुमन गिरी श्रेष्ठ, सचिव पदमा केपी घिमिरे, सहसचिव पदमा इन्जिनियर नेत्र प्रसाद सापकोटा, कोषाध्यक्ष पदमा खुश्बु श्रीवास्तव सर्वसम्मत चयन भएका छन् । सदस्य पदहरुमा क्रमश नवीन शर्मा पौडेल, अब्दुल अजिज हलवाई, जित बहादुर बिक, जयेश जङ्ग शाह , पञ्चम गुरुङ, कमला वली, सर्वसम्मत चयन भएका छन् । १३ कार्यसमिति हुने उक्त संस्थामा २ दुईजना पछि मनोनीत गरिने बताइएको छ ।
हराएको मानवताको खोजी गर्ने उद्देश्यले स्थापना भएको संस्थाले विभिन्न सामाजिक कामहरु गरिरहेको संस्थाको संस्थापक अध्यक्ष तथा कार्यक्रमको अध्यक...









