बर्दिया राजापुरमा मानवबेचविखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, चैत ४ । बाँके यूनेस्को क्लबको सहयोगमा मानव बेचबिखनका घटनामा प्रभावकारी प्रतिकार्य सुदृढ गर्ने उद्देश्यले मानवबेचविखन नियन्त्रण स्थानीय समितिको बैठक सम्पन्न गरिएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा राजापुर नगरपालिकासँगको समन्वयमा सञ्चालन गरेको सुरक्षा परियोजना अन्तर्गत सो बैठक सम्पन्न गरिएको हो ।
बैठक राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा नगर प्रमुख थारुले मानवबेचविखन गम्भीर अपराध भएको जनाउँदै यो नियन्त्रणका लागि पालिकाले हरेक प्रकारको सहयोग गर्ने बताउनुभयो ।
उहाँले मानवबेचविखन नियन्त्रण स्थानीय समितिलाई सक्षम र सुदृढ बनाएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, नेपाल प्रहरीका प्रतिनिधिहरू, स्थानीय समितिका सदस्यहरू तथा सम्बन्धित सरकारी निकायका प्रतिनि...









