नासाका बैज्ञानिक डा. जिग्लरले नेपालगन्जमा बिज्ञानका बिद्यार्थिसंग सम्वाद गर्ने
समाचारदाता
नेपालगन्ज, जेठ ३ गते । अमेरिकास्थित नासाका बैज्ञानिक डा. रियान जिग्लर पहिलो पटक नेपालगन्जको भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले नासामा चन्द्रमाका उल्कापिण्ड र त्यहाँ भेटिएका काँचका टुक्राहरुको अध्ययन गरिरहनु भएको छ ।
स्काइमिस्ट प्लानेटेरियम नेपालगन्जले आयोजना गरेको पत्रकार भेटघाटमा बैज्ञानिक डा. जिग्लर नेपालगन्ज र धनगढीमा आउने र दुबै ठाउँका विभिन्न विद्यालयका छात्र छात्राहरु माझ कार्यक्रम गर्ने स्काइमिस्ट प्लानेटेरियमका प्रमुख निरज श्रेष्ठले बताउनुभयो ।
उहाँले पहिलो पटक नासाका कुनै बैज्ञानिक पश्चिम नेपालमा आउनु बिज्ञानमा रुचि राख्ने सबैका लागि सुखद खबर भएको जनाउँदै धनगढीमा जेठ ७ गते र नेपालगन्जमा जेठ ८ गते विद्यार्थिहरुसंग उहाँको प्रस्तुती राखिएको बताउनुभयो । नेपालगन्जमा आयोजना गरिने कार्यक्रममा एक हजार ५०० देखि दुई हजारसम्म कक्षा ८, ९ र १० का बिद्यार्थिहरु सहभागि रहने जनाउँदै आ...









