बाँके युनेस्को र समाजसेवी देवकोटाद्धारा भुकम्पपिडित घाइते र कुरुवालाई निशुल्क खानाको व्यवस्था
समाचारदाता
नेपालगन्ज, कात्तिक २२ । शुक्रवार गएको भूकम्पबाट घाइते भएकाहरु र उनका कुरुवाहरुलाई नेपालगन्जमा विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा लगातार निशुल्क खानाको ब्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पमा परि घाइते भएका बिरामीहरु र उनिहरुका कुरुवाहरु सहित उपचारमा सेवारत स्वास्थ्यकर्मीहरुलाई अन्जनी माता रसोइ मार्फत निशुल्क खानाको ब्यवस्था गरिएको हो ।
सो निशुल्क खानाको व्यवस्थापनमा विशेष सहयोग बाँके युनेस्को क्लब र समाजसेवी ध्रुव देवकोटाले गर्नु भएको जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेले जनाएको छ । आपतकालीन कार्यसन्चालन केन्द्र, बाँकेका फोकल पर्सन नरेस श्रेष्ठका अनुसार शुरुमा नै बाँके युनेस्को क्लवको तर्फबाट ५२८ छाक खाना र समाजसेवी ध्रुव देवकोटाबाट ५०२ छाक खानाको लागि रसोइघरलाई सहयोग प्रदान भएपछि निशुल्क खानाको व्यवस्थापन गर्न सकिएको हो ।
सोही सहयोगका कारण भुक...









