बर्दियाका बाढीपिडितलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु
समाचारदाता
नेपालगन्ज, भदौ ४ । गएको साउन २७ देखि २९ गतेसम्म परेको अविरल वर्षाले गर्दा आएको बाढीबाट प्रभावित भएका बर्दिया जिल्लाका विभिन्न पालिकाका पिडित परिवारलाई हाइजिन किट लगायत विभिन्न सामाग्री वितरण शुरु गरिएको छ ।
युके एड स्टारफन्डको सहयोगमा प्लान नेपाल तथा बाँके युनेस्को क्लबको साझेदारीमा सञ्चालन गरिएको आपतकालिन प्रतिकार्य परियोजना अन्तर्गत सो राहात सामाग्री वितरण शुरु गरिएको हो ।
बासगढी नगरपालिका ८ लक्ष्मणाका बाढीपिडित १३ घर परिवारलाई हाइजिन किट वितरण गरेर वितरण कार्य शुरु गरिएको बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
बासगढी नगरपालिका ८ ककौरास्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममा नगरपालिकाका उपमेयर इन्दिरा चौधरी, प्लान नेपालका क्षेत्रिय प्रबन्धक मिना पराजुली र बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बाढीपिडित परिवारलाई हाइजिन किट वितरण गर्नु...









