दुर्घटना न्युनिकरणका लागि बाँकेमा ट्राफिक सचेतना अभियान
सिराज खान
नेपालगन्ज, कात्तिक ११ । दसैं सकिएलगत्तै सहर बजारमा फेरी चहलपहल बढ्न थालेको र सवारी साधनको संख्या पनि सडकमा बढ्दै गएकोले ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरणका लागि बाँकेमा सचेतना अभियान शुरु गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक गोपिकृष्ण सुवेदीले पछिल्लो समयमा बाँकेमा फेरी सवारी दुर्घटना बढेको पाईएकोले सो न्युनिकरणका लागि जिल्लाका विभिन्न स्थानमा एकै पटक ट्राफिक सचेतना अभियान शुरु गरिएको बताउनुभयो ।
उहाँले सो अभियान अन्तर्गत शनिवार एकै दिन नेपालगन्ज, फुलटेक्रा, कोहलपुरको हाईस्कल, सम्झना, मदनचोक, बसपार्क, कुसुम, राप्तीपारी भगवानपुरमा ट्राफिक सचेतना अभियान गरिएको बताउनुभयो ।
जिल्ला ट्राफिक कार्यालय र मातहतका ट्राफिक पोष्टहरुबाट सवारी साधन आवागमन बढी हुने विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरीले बाटो प्रयोग कर्ता, चालक तथा सह–चालक, बिद्यार्थि र सर...









