नेपाल प्रहरी श्रीमती संघ कर्णालीद्धारा मानवसेवा आश्रमका ९४ जनालाई खाना खुवाईयो
समाचारदाता
नेपालगन्ज, साउन २१ । नेपाल प्रहरी श्रीमती संघको ४१ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशले सुर्खेतको मानव सेवा आश्रममा रहनु भएका ९४ जनालाई खाना खुवाएको छ ।
नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष सुमन श्रेष्ठको प्रमुख आतिथ्यतामा वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १२ निमारे सुर्खेतको मानव सेवा आश्रममा रहनु भएका ९४ जना महिला तथा पुरुषहरुलाई खाना खुवाउने कार्यक्रम सम्पन्न गरिएको संघले जनाएको छ ।
संघको वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रम गर्दै आएकोमा यस पटक मानव सेवा आश्रममा रहनु भएकाहरुलाई खाना खुवाईएको नेपाल प्रहरी श्रीमती संघ, कर्णाली प्रदेशका अध्यक्ष सुमन श्रेष्ठले बताउनुभयो ।
सो कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ कर्णाली प्रदेशका अध्यक्ष श्रेष्ठ लगायत कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक माधव प्रसाद श्रेष्ठ,...









