गुलरियामा विज्ञान, प्रविधि, कला र गणितसँग सम्बन्धित सिर्जनात्मक सामग्री प्रदर्शन
समाचारदाता
नेपालगन्ज, जेठ २५ । बर्दियाको गुलरिया नगरपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रर्दशनी सम्पन्न भएको छ ।
गुलरिया नगरपालिका वडा नम्बर ६ को आयोजनामा शिक्षा, युवा तथा खेलकुद शाखा, गुलरियाको समन्वय तथा बाँके युनेस्को क्लब र प्लान ईन्टरनेशनल नेपालको साझेदारीमा सो प्रर्दशनी सम्पन्न भएको हो ।
प्रर्दशनीमा गुलरिया नगरपालिकाका १० वटा विद्यालयहरुको सहभागिता रहेको थियो । सहभागि विद्यालयहरुका विद्यार्थीहरुले विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसँग सम्बन्धित आफ्ना सिर्जनात्मक सामग्रीहरूको प्रदर्शन गरेको थिए ।
प्रर्दशनी कार्यक्रमलाई सम्बोधन गर्दै गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले यो प्रर्दशनी हेर्दा बिद्यार्थिहरुको क्षमता उजागर भएको र उनिहरुले भविष्यमा अतिनै राम्रा कामहर गर्न सक्ने देखिएको बताउनुभयो ।
‘भारतमा एपिजे एब्दुल कल...









