५ जेष्ठ २०८१, शनिबार

शिक्षा

लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरामै स्थापना गर्ने प्रदेश सरकारको निर्णय

लुम्बिनी प्रदेश विश्वविद्यालय बाँकेको खजुरामै स्थापना गर्ने प्रदेश सरकारको निर्णय

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, चैत २१ । बाँकेको खजुराबाट लुम्बिनी प्रदेश विश्वविद्यालय अन्त्य सार्न लाागिएको भन्दै बाँकेमा कडा विरोध गरिएपछि प्रदेश सरकारले सो विश्वविद्यालय बाँकेको खजुरामा नै स्थापना हुने निर्णय फेरी गरेको छ । प्रदेश सरकार अन्तर्गत उच्च शिक्षा परिषद्को सोमवार बसेको बैठकले बाँकेको खजुरामा नै विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको हो । परिषदका अध्यक्ष तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनामको अध्यक्षतामा बसेको बैठकले लुम्बिनी प्रदेशको आर्थिक बर्ष २०७८ र ७९ को नीति तथा कार्यक्रममा प्रदेश विश्वविद्यालय बाँके जिल्लाको खजुरामा स्थापना गर्ने निर्णयलाई निरन्तरता दिँदै सो प्रयोजनका लागि विनियोजित पाँच करोड बजेट कार्यान्वयनमा लैजाने समेत निर्णय गरेको छ । बैठकले विश्वविद्यालयको स्थापना र सञ्चालन गर्ने गरी विश्वविद्यालय ऐन,२०७८ को दफा १३ बमोजिम र विश्वविद्यालय नि...
नेपालगञ्ज र डुडुवा भन्दा अगाडीनै नरैनापुर बन्यो साक्षर गाउँपालिका

नेपालगञ्ज र डुडुवा भन्दा अगाडीनै नरैनापुर बन्यो साक्षर गाउँपालिका

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
सिराज खान मटेहिया (नरैनापुर), चैत १४ । केही समय अघिसम्म सरकारको पहुँचदेखि जनताको सेवासुविधासम्म हरेक दृष्टिकोणले बाँकेको सबैभन्दा पिछिडिएको मानिने नरैनापुर गाउँपालिकालाई एक भव्य समारोहकाविच सोमवार साक्षर पालिका घोषणा गरिएको छ । नेपालगञ्ज उपमहानगर र डुडुवा गाउँपालिकालाई उछिनेर नरैनापुरले आफुलाई जिल्लाको छैंठौ साक्षर पालिका घोषणा गर्दै गर्दा गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाहले भावुक हुँदै आफ्नो वर्षौदेखिको सपना पुरा भएको प्रतिक्रिया दिनुभयो । मटेहियास्थित महेन्द्र माविमा आयोजित उत्साहजनक समारोहमा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजय कुमार श्रीवास्तवले पालिकालाई साक्षर घोषणा गर्दै साक्षर गरिएको प्रमाणपत्र पालिका अध्यक्ष शाहलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा भेला भएका पालिका भरिका प्रधानाध्यापक, शिक्षक, अभिभावक र शिक्षापे्रमीलाई सम्बोधन गर्दै जिससका प्रमुख श्रीवास्तवले केही समय अघि...
बागेश्वरी एकेडमी कोहलपुरका शिक्षकद्धारा बिद्यार्थि कुटिए

बागेश्वरी एकेडमी कोहलपुरका शिक्षकद्धारा बिद्यार्थि कुटिए

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २२ । कोहलपुरस्थित बागेश्वरी एकेडेमीका शिक्षकले एक विद्यार्थिमाथि बेस्सरी कुटपिट गरेको उजुरी ईलाका प्रहरी कार्यालय कोहलपुरमा परेको छ । बागेश्वरी एकेडेमी कोहलपुरका कक्षा चारका विद्याथी स्माइल काफ्लेलाई होमवर्क नगरको भन्दै गाला निलो हुने गरेर कुटेको भन्दै अभिभावक आशिष काफ्लेले प्रहरीमा उजुरी दिनु भएको हो । विद्यार्थिले होमवर्क नगरेको भएकम अभिभावकलाई जानकारी गराउनु पर्नेमा बच्चालाई यसरी गाला निलो हुने गरेर पिटेकोले प्रहरीमा उजुरी दिएको उहाँले बताउनुभयो। विद्यार्थि काफ्ले घर फर्किएपछि उनको गालामा निलो दाग बसेको र गाला सुन्निएको अवस्था देखेपछि बच्चालाई के भएको भनेर बुझ्दा सरले पिट्नु भएको हो भन्ने जानकारी दिएपछि आफुले विद्यालयका प्रिन्सिपल श्रीधर गोराथोकीलाई फोन गरेर बुझन खोज्दा फोन नै नउठेको अभिभावक आशिष काफ्लेले वताउनुभयो । त्यसपछि बाध्य भएर ईलाका प्रह...
खजुरामा स्थापना हुने प्रदेश विश्वबिद्यालय अन्य जिल्लामा लैजाने तयारीको व्यापक विरोध

खजुरामा स्थापना हुने प्रदेश विश्वबिद्यालय अन्य जिल्लामा लैजाने तयारीको व्यापक विरोध

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १६ फागुन । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने घोषणा गरेको प्रदेश विश्व बिद्यालय खजुराबाट अन्यत्र सार्ने तयारी अगाडी बढाएको छ । बाँकेको खजुरामा स्थापना गर्ने गरि पूर्ववर्ती सरकारका शिक्षा मन्त्री सुदर्शन बरालले स्थलगत अवलोकन र मन्त्रिपरिषदले निर्णय समेत गरिसकेको अवस्थामा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुराबाट अन्यत्र सार्ने तयारी गरिएको खुलासा गरेपछि सो को बाँकेमा व्यापक विरोध गरिएको छ । विश्वबिद्यालय स्थापनका लागि खजुरा गाँउपालिकाबाट १०० बिगाहा जग्गा कित्ताकाट गरि विश्वबिद्यालयका लागि सिफारिस गरिसकेको अवस्थामा विश्व बिद्यालय अन्यत्र सारिए आन्दोलनको आधिवेरि सिर्जना गरिने खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले चेतावनी दिनुभएको छ । जग्गा हस्तान्तरणका लागि गाँउसभाबाट समेत अनुमोदन भइसकेको र सर...
डुडुवाका ७२ बालविकास केन्द्रलाई सामाग्री वितरण

डुडुवाका ७२ बालविकास केन्द्रलाई सामाग्री वितरण

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ८ फागुन । डुडुवा गाउँपालिका अन्र्तगत संचालित बाल विकास केन्द्रहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । डुडुवा गाउँपालिकाको वार्ड नं. १ देखि ६ वटै वडा अन्र्तगत रहेका ७२ वटा बालविकास केन्द्रलाई कुसन र कारपेट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो । डुडुवा–२ स्थित लाली गुरास प्रारम्भिक बाल विकास केन्द्रमा आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सामाग्री हस्तान्तरण गर्दै अहिले चिसोको मौसममा साना बालबालिकाहरुलाई बस्न न्यानो हुने बताउनुभयो । उहाँले गाउँपालिकाले साना नानी बाबुहरुको शिक्षातर्फ पढने बानी विकासका लागि बालविकास केन्द्रको पढाइ प्रभावकारी रहेको भन्दै पछिल्लो अवस्थामा सबै बालविकास केन्द्रको संचालन नियमित र प्रभावकारी बनाइएको बताउनुभयो । अध्यक्ष चौधरीले विगतमा नाम मात्रका रहेका बालविकास केन्द्रहरुलाई शिक्षाको कार्यविधी र योजना अनु...
डुुडुवा गाउँपालिकाद्धारा १२२ छात्रालाई साइकल वितरण

डुुडुवा गाउँपालिकाद्धारा १२२ छात्रालाई साइकल वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २९ । छात्रालाई शिक्षामा टिकाइ राख्नका लागि डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्र्तगत एसइइ पास गरेका १२२ छात्राहरुलाई साईकल वितरण गरेको छ । बजारसम्म गएर उच्च शिक्षा हाँसिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका विद्यालयहरुका छात्रालाई साईकल वितरण गरिएको हो । विक्रम सम्बत २०७७ सालमा एसईई पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १२२ जना छात्रालाई साईकल वितरण गरिएको हो । शनिबार एक समारोहका विच साईकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हाँसिल गर्न प्रोत्साहन गरेका भन्दै भोलीका दिनमा उच्च शिक्षा हाँसिल गर्न बजार आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हाँसिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त...
तोकेको पारिश्रमिक नपाउँदा नेपालगञ्ज उपमहानगरका बालबिकास शिक्षक आन्दोलित

तोकेको पारिश्रमिक नपाउँदा नेपालगञ्ज उपमहानगरका बालबिकास शिक्षक आन्दोलित

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस ३० । नेपाल सरकारले बालबिकास शिक्षकलाई तोकेको पारिश्रमिक अनुसारको सेवा सुविधा नेपालगञ्ज उपमहानगरपालिकाले नदिएको भन्दै नेपालगन्जका बाल शिक्षक आन्दोलनमा उत्रिएका छन । नेपाल बाल बिकास समिति नेपालगञ्जको आयोजना तथा अगुवाईमा शिक्षकको हक सम्बन्धि तलब बृद्धि, गोल्डन ह्याण्डचेक, उमेर हदबन्दि लगायतको माग गर्दै शिक्षकहरु नेपालगञ्ज उपमहानगरको कार्यालयमा गत तीन दिनदेखि धर्ना दिदै आएका छन । नेपाल सरकारले चालु बजेट वक्तव्य मार्फत बाल शिक्षकलाई साउनबाट न्युन्तम् १५ हजार दिईने निणर्य गरेको थियो । बाँकेका अन्य पालिकाले उक्त सेवा सुविधा उप्लब्ध गराउँदै आएपनि नेपालगञ्ज उपमहानगरपालिकालाई पटक पटक ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाउदा समेत सम्बोधन नगरेकोले आन्दोलन गर्नु परेको शिक्षकहरुको भनाई छ । बाल बिकास नगर समिति अध्यक्ष एवम मंगल प्रसाद बाल बिकास केन्द्रकी शिक्षिका गीता अधि...
बालिकालाई बिद्यालयमा टिकाउनका लागि प्रदेश मन्त्रालयमा नितिगत संवाद

बालिकालाई बिद्यालयमा टिकाउनका लागि प्रदेश मन्त्रालयमा नितिगत संवाद

ताजा-अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १० । बाँके युुनेस्को क्लबले बिद्यालयमा बालिकालाई टिकाई राख्ने सम्बन्धी नितिगत संबाद कार्यक्रम लुम्बीनी प्रदेश अन्तरगत कानुन, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग सम्पन्न गरेको छ । प्लान नेपालसँगको आर्थिक तथा प्राबिधिक सहयोगमा बाँके युनेस्को क्लबद्धारा संचालित बाल बिबाह, छिटो हुने बिबाह र जबरजस्ती हुने बिबाह रोकथाम परियोजना अन्तरगत सो संवाद कार्यक्रमको आयोजना गरिएको हो । बिद्यालय बाहिर रहेका बालिकाहरु बालबिबाहमा संलग्नहुने उच्च जोखिममा रहेकोले बालिकाहरुलाई बिद्यालयमा भर्ना गर्ने र उनीहरुलाई बिद्यालयमा टिकाई उनीहरुको शिक्षामा पहुँच अभिबृद्धि गर्ने मुख्य उध्येश्यका साथ सो संवाद आयोजना गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । लुम्बिनी प्रदेशस्तरीय कानुन, महिला तथा ज्येष्ठ नागरिक मन्त्रलयका सचिब राजेन्द्र थापाको अध्यक्षतामा ...
मानवबेचविखन विरुद्ध रणनिति निर्माण गर्दै बाँकेका चार पालिका

मानवबेचविखन विरुद्ध रणनिति निर्माण गर्दै बाँकेका चार पालिका

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ७ पुस । बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथामका लागि रणनिति कार्ययोजना निर्माण गर्नका लागि सम्बद्ध सरोकारवालाहरुसंग नेपालगञ्जमा एक कार्यशाला सम्पन्न गरेको छ । प्लान नेपालको सहयोगमा बाँकेमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत सो कार्यशालाको आयोजना गरिएको हो । मानवबेचविखन नियन्त्रणका लागि रणनिति कार्ययोजना निर्माण गर्नका लागि बाँकेका चार वटा पालिकाका सरोकारवालाहरुको सहभागितामा सो कार्यशाला सम्पन्न भएको र कार्यशालामा सहभागि सबैले छिटै उक्त रणनिति बनाउने प्रतिवद्धता जनाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले कार्यशालामा सहभागि चारवटै पालिकाका सरोकारवालाहरु रणनिति बनाउने कुरामा सहमत भएर सो रणनितिको खाकाका बारेमा विस्तृत रुपमा छलफल गरेको बताउनुभयो । सो कार्यशाला गोष्ठिमा नेपालगन्ज ...
तोकेको भन्दा बढी शुल्क लिएपछि जनज्ञानज्योति मावि कोहलपुरमा तालाबन्दी

तोकेको भन्दा बढी शुल्क लिएपछि जनज्ञानज्योति मावि कोहलपुरमा तालाबन्दी

ताजा-अपडेट, मुख्य समाचार, शिक्षा
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ७ पुस । जनज्ञानज्योति माध्यमिक विद्यालयले विद्यार्थीहरुबाट बढि मुल्य असुली गरेको आरोप लगाउँदै विद्यार्थिहरुले तालाबन्दी गरेर आन्दोलित भएका छन् । कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले राष्ट्रिय परिक्षा बोर्डले ४ सय शुल्क तोकेतापनि विद्यालयले ९ सय बढि शुल्क लिएको भन्दै विद्यार्थिले आन्दोलन गरी विद्यालय तालाबन्दी गरेका छन् । कोहलपुरमा रहेका अन्य विद्यार्थी संठनहरुले पनि सो आन्दोलनमा सहभागि भई तालाबन्दीमा सहयोग गरिरहेको विद्यार्थिहरुले जनाएका छन् ।    ...