बढैयातालमा बांके युनेस्कोद्वारा सृजनात्मक सामाग्रीकाे प्रदर्शनी सम्पन्न
समाचारदाता
नेपालगन्ज, असार ५ । बर्दियाको बढैयाताल गाउँपालिकामा विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला तथा गणितसंग सम्बन्धि सृजनात्मक सामाग्री प्रदर्शनी सम्पन्न भएको छ ।
बांके युनेस्को क्लबले प्लान नेपालसँगक्षाे साझेदारी तथा बढैयाताल गाउँपालिकाको शिक्षा शाखाको समन्वय र सहकार्यमा साे प्रदर्शनी सम्पन्न गरेको हाे।
कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा प्रयोगात्मक शिक्षा, सिर्जनशीलता र नवप्रवर्तनको प्रवर्द्धन गर्नु रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
कार्यक्रममा १५ वटा सामुदायिक विद्यालयहरू सहभागी भएका थिए । प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका नविनतम सामग्रीहरू प्रदर्शन गरिएका थिए।
बढैयातालका शिक्षा शाखा प्रमुख विश्वप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारी प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा सामाजिक विकास समितिक...









