बर्दिया राजापुरका छात्राहरुलाई निशुल्क साइकल बितरण
समाचारदाता
नेपालगन्ज, असार ८ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुर नगरपालिका अन्तर्गत विभिन्न विद्यालयका ३१ जना छात्राहरुलाई निशुल्क साइकल वितरण गरेको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको सहयोग र सम्बद्ध नगरपालिकाको समन्वयमा राजापुर र मधुवन नगरपालिकामा संचालित ‘सुरक्षा परियोजना’ अन्तर्गत छात्राहरुको पढाईलाई निरन्तर राख्न सहयोग स्वरुप साइकल वितरण गरिएको हो ।
आफु अध्ययनरत विद्यालय घरवाट टाढा टाढा भएकोले बिद्यालय पुग्न सहज होस भनेर पैदल हिडनुपर्ने अवस्थाका छात्राहरुलाई निशुल्क साइकल वितरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
परियोजनाले मूलतः छात्राहरुको सशक्तिकरणका विभिन्न आयामहरुमा काम गर्दै आएको जनाउँदै उहाँले बालबलिका बेचबिखन बारे अभिभावक, शिक्षक–शिक्षिका, समुदाय तथा छात्राहरुमा सचेतीकरण अभियान, छात्राहरुको शिक्षा, स्वास्थ्यको सुरक्षालगायतका वि...









