बर्दिया राजापुर र मधुवनका विद्यालयहरूलाई सिकाई सामग्री हस्तान्तरण
समाचारदाता
नेपालगन्ज, असार १३ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेसनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजनाअन्तर्गत बर्दिया जिल्लाको मधुवन र राजापुर नगरपालिका भित्रका विद्यालयहरूलाई शैक्षिक सिकाई सामग्री हस्तान्तरण गरिएको छ ।
बाल विकास र प्रारम्भिक तहमा अध्यनरत बिधार्थीको सिकाई क्रियाकलापलाई बाल केन्द्रित तथा रमाइलो बाताबरण तयार गर्नका साथै पढाईप्रति रुची जगाउन, पढाई सिपको बिकास गर्न र सब्द भण्डारको बृद्धि गर्ने उदेश्यले सिकाई सामग्री हस्तान्तरण गरिएको बाँके युनेस्को क्लबले जनाएको छ ।
सो सामाग्रीले प्रारम्भिक कक्षा र बाल विकास कक्षामा अध्ययनरत बाल बालिकाहरूको रुचि बढाउनुका साथै कक्षामा निरन्तरता दिन प्रेरित गर्ने छ ।
हस्तान्तरण गरिएका सिकाई सामग्रीहरुमा बाल विकास कक्षाका लागि शैक्षिक सामग्रीको सेट, भण्डारण बाकस, काठको र्याक र कक्षा १, २ र ३ का लागि ५०–५० थान कथाको पुस्तकहरू रहेका...









