स्वस्थ्य

भेरी अस्पताल विकास समितिका सदस्यहरुद्धारा अस्पतालको विकास र विस्तारमा लाग्ने प्रतिवद्धता

भेरी अस्पताल विकास समितिका सदस्यहरुद्धारा अस्पतालको विकास र विस्तारमा लाग्ने प्रतिवद्धता

Uncategorized, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, माघ २३ । भेरी अस्पताल विकास समितिका नवनियुक्त सदस्यहरु र एकजना नायब सुब्बालाई अस्पतालमा स्वागत गरिएको छ भने एकजना प्रशासन अधिकृतलाई अस्पतालबाट बिदाई गरिएको छ । अस्पताल बिकास समितिका सदस्यहरु डा डक्ट प्रसाद धिताल, किरण आचार्य र समिर गुरुङ तथा नायव सुब्बा बुद्धिमान बिष्टलाई स्वागत र प्रशासन अधिकृत भोज बहादुर योगीलाई बिदाई गरिएको हो । लामो समयदेखि रिक्त रहेको भेरी अस्पताल बिकास समितिले पुर्णता पाएसँगै नवनियुक्त सदस्यहरुको स्वागत गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पवन जंग रायमाझीले जानकारी दिनु भयो । स्वागत कार्यक्रममा बोल्दै बिकास समितिका सदस्य डा धितालले अस्पतालको बिकासका लागि चिकित्सक र बिकास समिति नङ र मासुको जस्तो सम्बन्ध भएर जानुपर्ने बताउनु भयो । उहाँले रिफरल अस्पतालका रुपमा परिचीत यस अस्पतालको बिकास र विस्तारका लागि सबैले मिलेर काम गर्नु पर्ने कुरामा जो...
जाजरकोटका १५० भुकम्पपिडित विपन्न परिवारलाई न्यानो लुगा वितरण

जाजरकोटका १५० भुकम्पपिडित विपन्न परिवारलाई न्यानो लुगा वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान खलंगा, जाजरकोट माघ १२ । चिसोका कारण समस्यामा परेका जाजरकोटका १५० अतिविपन्न भुकम्पपिडित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ । अति विपन्न भुकम्पपिडितकालागि न्यानो लुगा आवश्यक रहेको जानकारी पाएपछि इलुमिनेट नेपाल मिडिया सेन्टरद्धारा सञ्चालित गुडन्युज खबर साप्ताहिक बाँकेको एक टोलीले जाजरकोट पुगेर १५० पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको छ । कात्तिक १७ गते राती गएको भुकम्पबाट पिडित भएका जाजरकोटको भेरी नगरपालिका ११ करा गाउँका अतिविपन्न १५० परिवारलाई उनको गाउँमै पुगेर न्यानो लुगा वितरण गरिएको हो । भुकम्पपिडित अतिविपन्नहरु चिसोले समस्यामा परेका जानकारी पाएपछि जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटको अनुरोधमा न्यानो लुगा वितरण गरिएको इलुमिनेट नेपाल मिडिया सेन्टरका निर्देशक डाक्टर डक्ट प्रसाद धितालले बताउनुभयो । उहाँले वडा नम्बर ११ का अतिविपन्न १५० परिवारलाई चिसोमा समस्या परेकोले रा...
दलित, विपन्न, असहाय र विपद पीडितकालागि काम गर्ने अव्वल संस्था बन्यो ज्ञान नेपाल

दलित, विपन्न, असहाय र विपद पीडितकालागि काम गर्ने अव्वल संस्था बन्यो ज्ञान नेपाल

ताजा-अपडेट, मुख्य समाचार, विविध, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस २८ । शुभ सन्देश सभा नेटवर्क नेपाल ( ज्ञान नेपाल ) ले गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको हालसम्ममा गरेका कार्यक्रम तथा गतिविधिहरु सार्वजनिक गरेर विभिन्न पक्षसंग सुझाव सल्लाह लिएको छ । संस्थाले शनिबार नेपालगन्जमा सम्पन्न गरेको वार्षिक प्रगति पस्तुत तथा अन्तरक्रिया कार्यक्रममा डेढ वर्ष भन्दा बढी समयमा गरेका कार्यक्रम र गतिविधि सार्वजनिक गर्दै सुझाव संकलन गरेको हो । नेपालगन्जको जमुनाहा नाकामा सञ्चालन गरिएको बुथबाट गत आर्थिक बर्षमा नेपालबाट भारततर्फ जाँदै गरेका ९१ जना महिला र ५३ जना पुरुष गरि शङ्कास्पद १४४ जना नागरिकलाई परामर्श दिई भारत जान रोकेर घरतर्फ फर्काइएको कार्यक्रम अधिकृत तिलक नेपालीले सो अवसरमा बताउनुभयो । उहाँले गत आर्थिक वर्षमा एक हजार ७७३ जनालाई सिमानाकाको बुथमै सुचना तथा परामर्श सेवा प्रवाह गरिएको जनाउँदै चालु आर्थिक बर्षको पुुससम्ममा ६६७ जनालाई सुचना त...
पेशागत स्वास्थ्य सहयोग परियोजनाबाट ६ सय किसान र सफाईकर्मी परिवार प्रत्यक्ष लाभान्वित

पेशागत स्वास्थ्य सहयोग परियोजनाबाट ६ सय किसान र सफाईकर्मी परिवार प्रत्यक्ष लाभान्वित

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
परियोजनाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई सम्पन्न समाचारदाता नेपालगन्ज, पुस १४ । एमडीएम फ्रान्सको आर्थिक सहयोगमा भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपद्धारा बाँकेका तीन वटा पालिकामा सञ्चालन गरिएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । कार्यक्रममा सहभागि नेपालगन्ज उपमहानगर, डुडुवा र खजुरा गाउँपालिकाका स्थानीय सरकारका प्रतिनिधिहरु, विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले कार्यक्रम निकै महत्वपुर्ण रहेकोले यसलाई जिल्ला भरि विस्तार गर्नुपर्ने माग गरेका थिए । परियोजनाले सानो अवधीमा सरसफाईकर्मी र किसानको पेशागत सुरक्षा र स्वास्थ्यमा विशेष योगदान गरेकोले यस्ता परियोजना हरेक पालिकामा आवश्यक रहेको सहभागि सबेकौ भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राईले नेपालगन्जका ...
जाजरकोटका ३३६ भुकम्पपिडित परिवारलाई ज्ञान नेपालद्धारा न्यानो लुगा वितरण

जाजरकोटका ३३६ भुकम्पपिडित परिवारलाई ज्ञान नेपालद्धारा न्यानो लुगा वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान खलंगा, जाजरकोट पुस ४ गते । पुस महिना लागिसकेपछि चिसो अत्यधिक बढेपनि जाजरकोटका अधिकांश भुकम्पपिडित अझैपनि त्रिपालमुनिनै बसिरहेका छन् । ती पिडितकालागि न्यानो लुगा आवश्यक रहेको जानकारी पाएपछि ज्ञान नेपाल (शुभ सन्देशसभा नेटवर्क नेपाल) बाँकेको एक टोलीले जाजरकोट पुगेर ३३६ पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको छ । कात्तिक १७ गते राती गएको भुकम्पबाट अधिकांश घरहरु चर्किएपछि त्रिपालमुनि बसिरहेका जाजरकोटको भेरी नगरपालिका ४ का ३३६ परिवारलाई उनको गाउँमै पुगेर न्यानो लुगा वितरण गरिएको हो । चिसोले समस्यामा परेका भेरी नगरपलिका ४ बोहोरा गाउँ र मुलपानीका ३३६ परिवारलाई जिल्ला विपद व्यवस्थापन समितिको अनुरोधमा ३० लाख रुपियाँ भन्दा बढीको न्यानो लुगा वितरण गरिएको ज्ञान नेपाल बाँकेका उपाध्यक्ष डाक्टर डक्ट प्रसाद धितालले बताउनुभयो । उहाँले वडा नम्बर ४ मा केही घरहरु भत्किएको तथा अधिकांश कच्ची घरहरु...
बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण

बाँके युनेस्कोद्धारा अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, पुस ४ । बाँके युनेस्को क्लबले हील नेपालसँगको सहकार्य र कतार च्यारिटी नेपालको सहयोगमा बाँकेका तीनवटा पालिकाका अपाङ्गता भएका ७ जनालाई ट्राइसाइकल वितरण गरेको छ । क्लबले बाँकेको कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र नरैनापुर गाउँपालिकाका अपाङ्गता भएका ७ जना स्थानीय बासिन्दालाई ट्राइसाइकल वितरण गरेको हो । अपाङ्गता भएकाहरुलाई सो ट्राइसाइकल वितरण खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना, महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुशिला न्यौपाने, शिक्षा खेलकुद शाखा प्रमुख खगेन्द्र मल्ल लगायत स्थानीय पालिकाका प्रतिनिधिहरुले बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक बिनिता आरसी, सामाजिक संरक्षण अधिकृत गुलाम गौस, फिल्ड सुपर भाइजर अर्पित सिंह र डेक नेपालका रमेश शर्मा र टेकराज जैसीको उपस्थितिमा गर्नु भएको थियो । यसअघि ती अपाङ्गता भएका ७ जना स्थानीयहरुसँग ट...
सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिकाको मस्यौदामाथि छलफल

सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिकाको मस्यौदामाथि छलफल

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १४ । स्थानीय सरकारले पारित गरेर लागु गर्न सिफारिस गर्ने गरि तयार पारिएको ‘सार्वजनिक नीजि साझेदारी मन्च सन्चालन तथा ब्यवस्थापन निर्देशिका २०८०’ को मस्यौदामाथि नेपालगन्जमा सरोकारवालाहरुविच ब्यापक छलफल गरिएको छ । निर्देशकिाको मस्यौदामाथि छलफल गरेर सुझाव संकलन गर्ने उदेश्यले भेरी वातावरणीय विशिष्ठता समूह (बी–ग्रुप) ले आयोजना गरेको कार्यक्रममा सहभागि अधिकांशले सो निर्देशिका अति आवश्यक रहेको जनाउँदै स्थानीय सरकारले पास गर्नु पर्नेमा जोड दिएका थिए । बी–ग्रुपले बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न सरसफाईकर्मीको हक अधिकार तथा पेशाप्रति आत्मसम्मानसंगै स्थानीय तहको सरसफाईका लागि सो निर्देशिका प्रभावकारी हुने सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरुले जनाएका थिए । सार्वजनिक नीजि साझेदारी मन्...
प्लान ईन्टरनेशनल नर्वेबाट बर्दियामा सञ्चालित परियोजना अनुगमन

प्लान ईन्टरनेशनल नर्वेबाट बर्दियामा सञ्चालित परियोजना अनुगमन

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर १३ । प्लान ईन्टरनेशनल नर्वेको एक उच्चस्तरीय टोलीले प्लान नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लब र भेरी बाताबरणीय बिशिष्ट समुहद्धारा बर्दिया जिल्लामा संचालन गरिएको परियोजनाको अनुगमन गरेको छ । प्लान नेपालसंगको साझेदारीमा बर्दियामा सञ्चालन गरिएको बाल बिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना र टेलिथोन परियोजनाका बिभिन्न गतिबिधीहरुको नर्वेको सो टोलीले अनुगमन गरेको हो । सो उच्चस्तरीय अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नर्वेका बरिष्ठ कार्यक्रम सल्लाहकार केजेल सिगार्ड रोइसली, युवा कार्यक्रम तथा वकालत बिभागका सल्लाहकार क्रिस्टिन फलान्टनेस र खाद्य सुरक्षा, जीविका, जलबायु कार्यक्रम र वकालत बिभिागका बरिष्ठ सल्लाहकार जोहने वाल्लेको सहभागिता रहेको थियो । सोही प्रकारले उक्त अनुगमन टोलीमा प्लान ईन्टरनेशनल नेपाल क्षेत्रीय कार्यालयका प्रबन्धक मिना पराजुली, कार...
बालिका पुजा चौधरी बनिन् गुलरिया नगरपालिकाकी उपप्रमुख

बालिका पुजा चौधरी बनिन् गुलरिया नगरपालिकाकी उपप्रमुख

ताजा-अपडेट, शिक्षा, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, मंसिर ११ । बालबालिकाको अधिकार संरक्षणका लागि बालिका पुजा चौधरीेले टेक ओभर गर्दै सांकेतिक रुपमा बर्दियाको गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्ने अवसर पाउनु भयो । १२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको गुलरिया नगरपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रममा चौधरीले उपमेयरको भूमिका निर्वाह गर्नु भएको हो । प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा बालिका पुजा चौधरीले गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्नुभयो । बालिका तथा किशोरीको नेतृत्व विकास गर्नुका साथै शसक्तिकरण गर्ने उदेश्यले सञ्चालित सो कार्यक्रममा सो भूमिका निर्वाह गर्नु भएकी चौधरीलाई बाल क्लबकी अध्यक्ष उजस्वी ढकालले किशोरी क्लबको तर्फ...
एमडिएम फ्रान्सद्वारा जाजरकोटका भूकम्पपीडितलाई औषधि र त्रिपाल सहयोग

एमडिएम फ्रान्सद्वारा जाजरकोटका भूकम्पपीडितलाई औषधि र त्रिपाल सहयोग

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
सिराज खान नेपालगन्ज, मङ्सिर ८ गते । भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल र भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकालाई एमडीएम फ्रान्सले ८८ प्रकारका अति आवश्यक औषधिलगायत त्रिपालहरू सहयोग गरेको छ । औषधि र त्रिपाल वितरण गरेर जाजरकोटबाट फर्किनुभएका एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्कीले दिनुभएको जानकारीअनुसार जाजरकोट अस्पताललगायत बारेकोट स्वास्थ्य चौकीको आधारभूत सेवालाई सुचारु राख्न औषधि तथा टेन्ट सहयोग गरिएको हो । उहाँले जाजरकोट अस्पताल र स्वास्थ्य संस्थाहरुको अवस्थालाई अध्ययन गरी अति आवश्यक औषधि र त्रिपाललगायतको सहयोग गरिएको बताउनुभयो । औषधि र त्रिपाल हस्तान्तरण गर्न गएका बेला भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ३०० भन्दा बढीको उपचार गर्दै औषधि वितरण गरिएको कार्यक्रम अधिकृत कार्कीले बताउनुभयो । बारेकोटको लिम्सास्थित अस्पतालमा आ...