बी ग्रुपले खजुरामा गरेको निशुल्क स्वास्थ्य शिविरमा २०३ महिलाको स्वास्थ्य परीक्षण
१३९ जनाको पाठेघरको क्यान्सर परीक्षण गर्दा १६ जनामा पोजेटिभ
समाचारदाता
नेपालगन्ज, बैशाख १५ । बाँकेको खजुरा गाउँपालिका २ सितापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको महिला यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि निशुल्क शिविरमा २०३ जना महिलाको स्वास्थ्य परीक्षण गरेर औषधी बितरण समेत गरिएको छ ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले एएफडी एवम् एमडिएम फ्रान्ससंगको साझेदारीमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत गाउँपालिकासंगको समन्वयमा सो निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
सो शिविरमा स्वास्थ्य परीक्षणकालागि आएका २०३ जना महिलामध्ये अधिकांशमा पाठेघर सम्बन्धि विभिन्न प्रकारका संक्रमण देखिनुका साथै १६ जनामा पाठेघरको मुखको क्यान्सरको शंकास्पद अवस्था देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले बताउनुभयो ।
उहाँले स्वास्थ्य परीक्षण गरिएका मध्ये...









