नेपालगञ्ज उपमहानगरपालिकामा जेठ ३१ गते निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन गरिने
समाचारदाता
नेपालगञ्ज, जेठ २८ । नेपालगञ्ज उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयअन्तर्गतको आयुर्वेद शाखाले विभिन्न स्वास्थ्य समस्याका लागि नेपालगन्जमा एक दिने निःशुल्क आयुर्वेद विशेष उपचार शिविर आयोजना गर्ने भएको छ। उक्त शिविर जेठ ३१ गते शनिबार, वडा नम्बर ४, स्थित शहरी स्वास्थ्य प्रवर्धन केन्द्र, गणेशपुरमा सञ्चालन गरिने आयुर्वेद शाखाले जनाएको छ ।
विहिबार यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा सो बारेमा जानकारी गराउँदै आयुर्वेद शाखाका प्रमुख डा. सुरेश पुनले बिहान ८ बजेबाट सुरु भई दिउँसो ३ बजे सम्म सञ्चालन गरिने सो शिविरमा ५०० जना बिरामीको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य रहेको बताउनुभयो ।
उहाँले शिविरमा शिविरमा पाइला, फिस्टुला, फिसर, पाइल्स, मधुमेह, बान्ता, एसिडिटी, अपच, पेट दुख्ने, कब्जियत, ग्यास, पाचन प्रणालीसँग सम्बन्धित रोगहरू, हड्डी तथा नसासम्बन्धी समस्या, स्नायु तन्त्र र मांशपेशीका समस्...









