बर्दियामा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण
समाचारदाता
नेपालगन्ज, चैत १ । बर्दिया जिल्लाको दुई वटा पालिकाका स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएका किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको छ ।
किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्य र अधिकार दोस्रो चरणको परियोजना अन्तर्गत बारबर्दिया नगरपालिकाको वडा नं. १ को पहाडीपुर आधारभुत स्वास्थ्य केन्द्र र गेरुवा गाउँपालिकाको वडा नं. ५ को पशुपतिनगर स्वास्थ्य चौकीमा नयाँ निर्माण गरिएका किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरु हस्तान्तरण गरिएको हो ।
कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग कोईकाको आर्थिक सहयोगमा प्लान इन्टरनेसनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा निर्माण गरिएको किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा भवनहरूलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पालिकाहरुलाई हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले अन्त...









