बैजनाथमा पोषण परियोजनाको अनुगमन र समिक्षा बैठक सम्पन्न
समाचारदाता
नेपालगन्ज, माघ २२ । केयर नेपाल र आइडी नेपालको सहयोगमा भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुपले बाँकेको बैजनाथ गाउँपालिकामा सञ्चालन गरेको पोषण परियोजनाको अनुगमन तथा समिक्षा बैठक मंगलवार सम्पन्न भएको छ ।
बैजनाथ गाउँपालिका परियोजना सल्लाहकार समितिका अध्यक्ष तथा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर शाहीको अध्यक्षतामा परियोजनाको अनुगमन भ्रमण तथा समिक्षा बैठक सम्पन्न भएको हो ।
पालिकाको परियोजना सल्लाहकार समिति लगायतको सहभागितामा बैजनाथ ८ को फत्तेपुर र टिटिहिरीयामा पोषण परियोजना अन्तर्गत सञ्चालन गरिएका कार्यक्रमको अवस्था बुझ्नुका साथै समिक्षा बैठक पनि सम्पन्न गरियोे ।
सो क्रममा अनुगमन टोलीले बैजनाथ ८ फत्तेपुरमा रहेको चेतनशिन स्वास्थ्य आमा समुहसंग कार्यक्रम बारे छलफल गर्नुका साथै उनिहरुले बनाएको पोषण बगैंचाको समेत अनसगमन गरेको थियो ।
सो अवसरमा पोषण सम्बन्धि गतिविधिहरुका बारेमा बिस्तृत रुप...









