११ बैशाख २०८१, मंगलवार

मुख्य समाचार

बाँकेमा गरिने मिडिया सम्मेलनकालागि प्रेस सेन्टरद्धारा सुझाव संकलन

बाँकेमा गरिने मिडिया सम्मेलनकालागि प्रेस सेन्टरद्धारा सुझाव संकलन

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार, राजनीति, विविध
समाचारदाता नेपालगन्ज, फागुन २२ । प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशले बाँकेको कोहलपुरमा फागुन २४ र २५ गते ‘लुम्बिनी प्रदेश स्तरीय मिडिया सम्मेलन २०८०’ आयोजना गरिने जनाएको छ । ‘शान्ति, समृद्धि, स्थायित्व र अग्रगमनका लागि जनपक्षीय पत्रकारिता श्रम अधिकार, समृद्धि र सुशासन जनपक्षीय पत्रकारिताको लागि हाम्रो अभियान’ भन्ने मुल नाराका साथ उक्त सम्मेलन हुन लागेको हो । सम्मेलनका बारेमा सुझाव संकलन गर्न मंगलवार नेपालगन्जमा आयोजना गरिएको कार्यक्रममा कोहलपुरस्थित शहिद स्मृति भवनमा सो सम्मेलन आयोजना गरिने प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष एवम् सम्मेलन तयारी समितिका संयोजक मानसिंह विश्वकर्माले जानकारी दिनुभयो । उक्त सम्मेलनको उदघाटन प्रमुख अतिथी एवम नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रचार विभाग इन्चार्ज अग्निप्रसाद सापकोटाले गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । सम्मेलनको उद्घ...
प्रदेश कृषि मन्त्री यादवद्धारा कतार च्यारेटीको सहयोगको साना सिँचाइ आयोजना अनुगमन

प्रदेश कृषि मन्त्री यादवद्धारा कतार च्यारेटीको सहयोगको साना सिँचाइ आयोजना अनुगमन

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, फागुन २२ । लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल यादवले कतार च्यारिटी नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा खजुरा गाउँपालिकामा सञ्चालित साना सिँचाइ आयोजनाहरुको अनुगमन गर्नु भएको छ । किसानको खेतबारीमै पुगेर अनुगमन गर्नु भएका मन्त्री यादवले आर्थिक अनुकुलनका लागि खाद्यान्न उत्पादन बढाउन कृषक समूहलाई पशुपन्छी तथा अन्य कृषि उपकरण सहयोग उपलब्ध गराउन आवश्यक पहल गर्ने आश्वासन दिनुभयो । उहाँले सिँचाइ आयोजनाले गर्दा खेतमा उत्पादन भएका टमाटर, काँक्रो, खुर्सानी, मेवा, करेला, लौका हरियो मटर जस्ता विभिन्न प्रकारका तरकारीको अवलोकन पनि गर्नुभयो । विदेशी दातृ निकायको सहयोगको राम्रो सदुपयोग गरिएको पाईएको जनाउँदै उहाँले प्रदेश सरकारले पनि किसानलाई उत्पादन बढाउन विभिन्न सहयोग गर्ने योजनाहरु बनाईरहेको बताउनुभयो । अनुगमनअघि मन्त्री यादवले आयोजनाका लाभार्थी किसानहरूसँ...
हरित परियोजनाका लागि राजापुर र ठाकुरद्धारामा लाभग्राही युवा महिला छनोट

हरित परियोजनाका लागि राजापुर र ठाकुरद्धारामा लाभग्राही युवा महिला छनोट

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदता नेपालगन्ज, फागुन १५ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा हरित अर्थतन्त्र परियोजना कार्यान्वयन गरिरहेको छ । क्लबका मुख्य संरक्षक परवेज अली सिद्दिकीले यस परियोजनाको अन्तिम लक्ष्य १८–२४ वर्ष उमेर समूहका युवा महिलाहरूको लागि सशक्तिकरण र रोजगारी सिर्जना गर्नु भएको बताउनुभयो । उहाँले यो परियोजनाले वातावरण प्रदूषण, ग्लोबल वार्मिंग र जैविक विविधता ह्रासलाई कम गर्दै हरित व्यापार र उद्यमहरूलाई बढावा दिने बताउनुभयो । बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले परियोजनामा सहभागि गराउने युवा महिलाको छनोटका लागि दुबै पालिकाका युवतीलाई अन्तरवार्तामा सहभागी गराइएको बताउनुभयो । अन्तर्वार्ता लिने कार्य राजापुर नगरपालिकाका रोजगार सहायक यमकुमार परियार, उद्यम विकास सहजकर्ता पूर्णबहादुर ओली र बाँके युनेस्को क्लबका परियोजना अधि...
नेपालगन्ज ५ का दुईसय विपन्न परिवारलाई वडा कार्यालयद्धारा ग्यास चुल्हो वितरण

नेपालगन्ज ५ का दुईसय विपन्न परिवारलाई वडा कार्यालयद्धारा ग्यास चुल्हो वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, फागुन ९ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ ले आफ्नो वडा भित्रका २०० अति विपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुल्हो वितरण गरेको छ । वडा भित्र रहेको विपन्न र गरिबलाई खाना पकाउन सहज र सरल होस भन्ने उदेश्यका साथ २०० परिवारलाई खाना पकाउने ग्यास चुल्हो वितरण गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खानले बताउनुभयो । उहाँले आफ्नो वडाको बाबा मजार टोल, कसाईमण्डी, आँखा अस्पताल रोड, बेहना टोल, रामनगर रोड, एमपी स्कुल रोड, साई मार्ग, भट्टा टोल र जडिबुटी कार्यालय पछाडीको टोलमा बस्ने विपन्न र गरिब परिवारलाई ग्यास चुल्हो वितरण गरिएको बताउनुभयो । वितरण गरिएको सामानहरुमा ग्यास चुल्होसंगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटर समेत सबैलाई वितरण गरिएको नेपालगन्ज उपमहानगरको वडा नम्बर ५ को कार्यालयले जनाएको छ । वडावासीको कुनै पनि समस्या पर्दा सधैं जनसेवामा हाजिर रहने वडा ...
सोफिया स्कुलको १७ औं बार्षिक खेलकुद दिवस भव्य रुपमा सम्पन्न

सोफिया स्कुलको १७ औं बार्षिक खेलकुद दिवस भव्य रुपमा सम्पन्न

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
देशलाई विश्वमा खेलकुदले चिनाउँछ–राखेप सदस्य विष्ट समाचारदाता नेपालगन्ज, फागुन ४ । बाँकेकै उत्कृष्ठ विद्यालयहरुमध्ये अग्रस्थानमा रहेको नेपालगन्जस्थित सोफिया रेजिडेन्सियल ईंगलिस स्कुलले शुक्रवार विविध रंगिचंगि कार्यक्रमका साथ १७ औं बार्षिक खेलकुद दिवस भव्यरुपमा सम्पन्न गरेको छ । स्कुलको प्राङ्गणमा सम्पन्न भएको खेलकुद दिवसमा विभिन्न प्रकारका मार्चपास र पिटीहरुसहित विभिन्न खेलकुदको आयोजनासंगै यसअघि खेलाइएका खेलकुदका बिजेताहरुलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरियो । पदक र शिल्ड विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य दिपेन्द्र विष्ट, स्कूलका अध्यक्ष केबी बसेल, प्रिन्सिपल सुशीला बसेल, स्कुल सञ्चालक सदस्य तथा भेरी अस्पताल विकास समितिका सदस्य डा डक्टप्रसाद धिताल, प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनि...
पुर्वप्रधानमन्त्री नेपाल र नेपाली काँग्रेस प्रचार विभागका केन्द्रिय सदस्य शर्माविच राजनीतिक भेटघाट

पुर्वप्रधानमन्त्री नेपाल र नेपाली काँग्रेस प्रचार विभागका केन्द्रिय सदस्य शर्माविच राजनीतिक भेटघाट

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगन्ज, माघ २३ । पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधबकुमार नेपालसँग नेपाली काँग्रेसको प्रचार विभागका केन्द्रिय सदस्य गिता शर्माविच राजनीतिक भेटघाट र विभिन्न विषयमा छलफल भएको छ । सो भेटघाटमा नेपालमा कसरी राजनीतिक स्थिरता कायम राख्न सकिन्छ र अहिले लाखौं विदेसिएका युवा वर्गलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल तथा विचार विमर्श भएको नेपाली काँग्रेस प्रचार विभागका केन्द्रिय सदस्य शर्माले बताउनुभयो । उहाँले भेटघाटका क्रममा पुर्व प्रधानमन्त्री नेपालले देशको आर्थिक र राजनितिक अवस्थाको बारेमा निकै गहिरो चिन्ता व्यक्त गर्दै राजनितिक स्थिरताकालागि सबैले मिलेर काम गर्नु पर्नेमा जोड दिनुभएको बताउनुभयो । पुर्व प्रधानमन्त्री नेपाल र काँग्रेस नेता शर्माविच भएको सानो भेटघाट र छलफल निकै फलदायी र राम्रो रहेको पनि जनाईएको छ ।...
भेरी अस्पताल विकास समितिका सदस्यहरुद्धारा अस्पतालको विकास र विस्तारमा लाग्ने प्रतिवद्धता

भेरी अस्पताल विकास समितिका सदस्यहरुद्धारा अस्पतालको विकास र विस्तारमा लाग्ने प्रतिवद्धता

Uncategorized, ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
समाचारदाता नेपालगन्ज, माघ २३ । भेरी अस्पताल विकास समितिका नवनियुक्त सदस्यहरु र एकजना नायब सुब्बालाई अस्पतालमा स्वागत गरिएको छ भने एकजना प्रशासन अधिकृतलाई अस्पतालबाट बिदाई गरिएको छ । अस्पताल बिकास समितिका सदस्यहरु डा डक्ट प्रसाद धिताल, किरण आचार्य र समिर गुरुङ तथा नायव सुब्बा बुद्धिमान बिष्टलाई स्वागत र प्रशासन अधिकृत भोज बहादुर योगीलाई बिदाई गरिएको हो । लामो समयदेखि रिक्त रहेको भेरी अस्पताल बिकास समितिले पुर्णता पाएसँगै नवनियुक्त सदस्यहरुको स्वागत गरिएको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पवन जंग रायमाझीले जानकारी दिनु भयो । स्वागत कार्यक्रममा बोल्दै बिकास समितिका सदस्य डा धितालले अस्पतालको बिकासका लागि चिकित्सक र बिकास समिति नङ र मासुको जस्तो सम्बन्ध भएर जानुपर्ने बताउनु भयो । उहाँले रिफरल अस्पतालका रुपमा परिचीत यस अस्पतालको बिकास र विस्तारका लागि सबैले मिलेर काम गर्नु पर्ने कुरामा जो...
बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको किक अफ मिटिंग सम्पन्न

बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको किक अफ मिटिंग सम्पन्न

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, माघ १७ । बाँके युनेस्को क्लबद्धारा प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बर्दियाका दुई पालिकामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाको ‘किक अफ मिटिङ’ सम्पन्न भएको छ । बर्दियाको राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिका गरी दुईवटा नगरपालिकालाई समेटेर राजापुर नगरपालिकामा आयोजना गरिएको ‘किक अफ मिटिङ’ कार्यक्रम बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा विनियोजित बजेटसहितका सान्दर्भिक गतिविधिहरू सहितको लक्ष्य र उद्देश्य प्रस्तुत गरी हरित रोजगारी, उद्यमबाट रोजगारीका अवसर सिर्जना गर्ने र हरित वातावरणमा योगदान पु¥याउन युवा युवतीहरूको सीप विकास गर्ने विषयमा विस्तृत छलफल भएको थियो । सो अवसरमा राजापुर नगरपालिकाका मेयर दिपेश थारुले वातावरण दिनप्रतिदिन बिग्रँदै गएको कारण जलवायु परिवर्तन र बढ्दै गएको ग्लोबल वार्मिङले अन्ततः पृथ्वीमा रहेका...
जाजरकोटका १५० भुकम्पपिडित विपन्न परिवारलाई न्यानो लुगा वितरण

जाजरकोटका १५० भुकम्पपिडित विपन्न परिवारलाई न्यानो लुगा वितरण

ताजा-अपडेट, मुख्य समाचार, विविध, स्वस्थ्य
सिराज खान खलंगा, जाजरकोट माघ १२ । चिसोका कारण समस्यामा परेका जाजरकोटका १५० अतिविपन्न भुकम्पपिडित परिवारलाई न्यानो लुगा वितरण गरिएको छ । अति विपन्न भुकम्पपिडितकालागि न्यानो लुगा आवश्यक रहेको जानकारी पाएपछि इलुमिनेट नेपाल मिडिया सेन्टरद्धारा सञ्चालित गुडन्युज खबर साप्ताहिक बाँकेको एक टोलीले जाजरकोट पुगेर १५० पिडित परिवारलाई न्यानो लुगा वितरण गरेको छ । कात्तिक १७ गते राती गएको भुकम्पबाट पिडित भएका जाजरकोटको भेरी नगरपालिका ११ करा गाउँका अतिविपन्न १५० परिवारलाई उनको गाउँमै पुगेर न्यानो लुगा वितरण गरिएको हो । भुकम्पपिडित अतिविपन्नहरु चिसोले समस्यामा परेका जानकारी पाएपछि जिल्ला विपद व्यवस्थापन समिति जाजरकोटको अनुरोधमा न्यानो लुगा वितरण गरिएको इलुमिनेट नेपाल मिडिया सेन्टरका निर्देशक डाक्टर डक्ट प्रसाद धितालले बताउनुभयो । उहाँले वडा नम्बर ११ का अतिविपन्न १५० परिवारलाई चिसोमा समस्या परेकोले रा...
खेल पूर्वाधार अध्ययन गर्न राखेपका सदस्य विष्टको संयोजकत्वमा समिति गठन

खेल पूर्वाधार अध्ययन गर्न राखेपका सदस्य विष्टको संयोजकत्वमा समिति गठन

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
समाचारदाता नेपालगन्ज, माघ १२ गते । लुम्बिनी प्रदेशभत्रिका खेलकुदका भौतिक संरचनाहरु विभिन्न जिल्लामा अस्तव्यस्त भइरहेकाले त्यसको सम्पूर्ण अध्ययन निरिक्षण गरेर प्रतिवेदन प्रस्तुत गर्न राष्ट्रिय खेलकुद परिषद्ले सदस्य दिपेन्द्र विष्टको संयोजकत्वमा एक समिति गठन गरेको छ । राखेपले लुम्बीनी प्रदेशको भौतिक पूर्वाधार अध्ययन र वर्गीकरण समिति गठन गरेको जनाएको छ । समितिको सदस्यमा साविक मध्यपश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अधिकृत महेश चन्द र समितिका इन्जिनियर चिरन्जिवी लम्साललाई मनोनित गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ्ले शुक्रबार विज्ञप्ती जारी गरि विष्टको संयोजकत्वमा लुम्बिनी प्रदेशभरिका खेल पुर्वाधारहरुको अवस्था अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिनु भएको छ । खेलकुद पूर्वाधार नीति संवाद २०७९ मा निकालिएको निचोड अनुरुप प्रदेशभरिका संभावित संरचनाहरुको पहिचान गर...