मधुवन–१ मा बालविवाह तथा लागुऔषध दुरुपयोग न्यूनीकरणसम्बन्धी घरदैलो अभियान
समाचारदाता
बर्दिया, २४ भदौ । सुरक्षित भविष्य परियोजना अन्तर्गत बालविवाह न्यूनीकरण, लागुऔषध दुरुपयोग रोकथाम, बाल संरक्षण तथा “एक घर, एक अध्ययन कुनो” अभियानसम्बन्धी घरदैलो जनचेतनामूलक अभियान मधुवन नगरपालिका–१ स्थित पथ्थरबोझी गाउँमा सम्पन्न भएको छ।
प्लान नेपालको साझेदारीमा बाँके युनेस्को क्लब र राधाकृष्ण जनसेवा केन्द्रद्वारा संयुक्त रूपमा कार्यान्वयन भइरहेको सुरक्षित भविष्य परियोजना अन्तर्गत सञ्चालित उक्त अभियानमा स्थानीय सरकार, समुदाय, सरोकारवाला तथा सामुदायिक प्रहरीसँगको घनिष्ठ समन्वय र सहकार्यमा बालबालिका, किशोरकिशोरी तथा युवाका लागि सुरक्षित, संरक्षणयुक्त र सहयोगी वातावरण निर्माण गर्ने सन्देश प्रवाह गरिएको थियो।
अभियानमा मधुवन नगरपालिका–१ का वडा अध्यक्ष मिनबहादुर थापाको सहभागिता रहेको थियो। उहाँले समुदायका अभिभावक तथा स्थानीय बासिन्दालाई बालविवाह तथा लागुऔषध दुरुपयोगका कारण, जोखिम ...









