बर्दियामा लैंगिक सचेतिकरण कार्यक्रम सम्पन्न
समाचारदाता
नेपालगञ्ज, मंसिर २९ । बाँके युनेस्को क्लबले बर्दियामा रोजगारदाता तथा कामदारहरुविच मर्यादित कार्यको लागि लैंगिक सचेतिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबले संचालन गरेको पर्ल परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
रोजगारदाता तथा महिला र पुरुष कामदारवीच मर्यादित कार्य र लैगिंक समानताको साथै सुरक्षित वातावरण निर्माणका लागि सो सचेतिकरण कार्यक्रम सम्पन्न गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
उहाँले लैंगिक समानता नहुँदा विशेषगरि महिलालाई विभिन्न समस्या आउने गरेकोले त्यस्ता समस्या नआउन भन्ने उदेश्य सो कार्यक्रमको रहेको बताउनुभयो ।
बर्दिया जिल्लाका विभिन्न पालिकामा यस्ता सचेतिकरण कार्यक्रमहरु भैरहेको क्लबका अध्यक्ष रवि कुमार तुलाधरले बताउनुभयो ।
रोजगगारस्थलमा कार्यरत महिला पुरुष कामदारहरु बिच समान व्यवहार र सम...









