नेपालगञ्जमा हाम्रो विजय सुनिश्चित छ–विष्ट, अब हामीलाई कसैले हराउन सक्दैन–राई
सिराज खान
नेपालगञ्ज, बैशाख १२ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगञ्जमा सत्ता साझेदार गठबन्धनको तर्फबाट मेयरमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उपमेयरमा जनता समाजवादी पार्टीका कमरुद्धीन राईले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
गठबन्धनमा रहेका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले बाजागाजासहितको जुलुससंगै सोमवार दिउँसोपछि निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
जनता समाजवादी पार्टी बाँकेले रंगशालास्थित आफ्नो पार्टी कार्यालयबाट र नेपाली काँग्रेस बाँकेले सुर्खेतरोडस्थित आफ्नो कार्यालयबाट छुट्टा छुट्टै जुलुससहित गएर संगै उम्मेदवारी दर्ता गराएका थिए ।
उम्मेदवारी दर्ता गराएलगत्तै त्यहाँ उपस्थित पत्रकारहरुसंग कुरा गर्दै मेयरका उम्मेदवार विष्टले विशेष परिस्थितिमा बनेको गठबन्धनले विशेष उदेश्य पुरा गर्ने दावी गर्दै नेपालगञ्जमा गठबन्धनक...









