चार वर्षमा पनि सडक निर्माण नगरेकोमा खजुराका स्थानीयद्धारा चक्काजाम र प्रदर्शन
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ५ । बाँकेको खजुरा बजारमा निर्माणाधिन फोरलेन सडक लामो समयसम्म नबन्दा आक्रोशित स्थानीयले सडक अवरोध गर्दै फेरी विरोध प्रदर्शन गरेका छन् ।
बजार क्षेत्रको निर्माणाधिन १८ सय मिटर बाटो ४ बर्षसम्म पनि कालोपत्रे नगरिएपछि बिहिबार स्थानीयले बिहानैदेखि नेपालगञ्ज गुलरिया राजमार्ग अवरुद्ध गरेर बिरोध प्रदर्शनमा उत्रिएका थिए ।
स्थानीयले सवारी साधनको आवागमन बन्द गरेर विरोधमा उत्रिएपछि सो राजमार्गमा चल्ने सयौं सवारी साधन चार घण्टासम्म दुबैतर्फ रोकिएका थिए । पटक पटक सडक निर्माणका कामलाई सक्न ताकेता गरेपनि निर्माण कम्पनीले काम अलपत्र छाड्दा चक्का जाम गर्न बाध्य बनेको स्थानिय सतिश निरौलाले बताउनुभयो ।
उहाँले सडक निर्माणको काम अलपत्र हुँदा दिनहुुँ सडक दुर्घटनाहरु हुने गरेको र धुलोबाट स्थानीय विरामी पर्न थालेको बताउनुभयो ।
निर्माण कम्पनीले सडक निर्माणको कामलाई चार वर्षद...









