४ जेष्ठ २०८१, शुक्रबार

मुख्य समाचार

धारा सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री अथकले गर्ने

धारा सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री अथकले गर्ने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १३ कात्तिक । धारा सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्ने निश्चित भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरी, पत्रकार जनक नेपाल र नेपाली क्रिकेट टीमका पूर्वकप्तान एलबी क्षेत्रीले युवा तथा खेलकुद मन्त्रालयमै पुगेर मन्त्री अथकलाई भेटेर प्रतियोगिताको उद्घाटन गर्ने तय गरेका हुन् । बाँके जिल्ला निवासी मन्त्री अथकले आफ्नै ठाउँमा हुँदै आएको राष्ट्रियस्तरको प्रतियोगिता उद्घाटन गर्न पाउदा आफू उत्साहित भएको प्रतिक्रिया दिनु भएको छ । नेपालगञ्ज म्याराथन मंसीर ४ गते शनिबार हुँदैछ । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीका बीचमा मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष नेपालगञ्जमा म्याराथन हुने गर्दछ । यसपाली शनिबार पार्नका लागि घोषित मिति भन्दा एक दिनअघि म्याराथन आयोजना गरिएक...
चितुवाको छाला र हाडसहित तीन जना कोहलपुरबाट पक्राउ

चितुवाको छाला र हाडसहित तीन जना कोहलपुरबाट पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १३ कात्तिक । कोहलपुर प्रहरीले फेरी चितुवाको छाला र हाडसहित तीन जनालाई कोहलपुरबाट पक्राउ गरेको छ । उनिहरुलाई शुक्रवार राती पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११स्थित सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा मार्दा तीनजनालाई चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ परेकाहरुमा बाँके राप्तीसोनारी ९ का ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपालिका ७ बस्ने २४ वर्षका रमेश बयक र सोही ठाउँका २८ वर्षका बसन्त बिसी रहेको डीएसपी खनालले बताउनुभयो । उहाँले सो बारेमा थप अनुसन्धान भैरहेको पनि जनाउनुभयो ।...
जमुनाहा नाका प्रहरीद्धारा लागु औषध भित्रिन नदिन कडाई, भारतीय सुरक्षाकर्मीले पनि निगरानी बढाए

जमुनाहा नाका प्रहरीद्धारा लागु औषध भित्रिन नदिन कडाई, भारतीय सुरक्षाकर्मीले पनि निगरानी बढाए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, १३ कात्तिक । खुला सीमानाका कारण सीमापारी रुपैडिहाबाट दिनदिनै भित्रि रहेको लागु औषध ब्राउन सुगर भित्रिन नदिन हाल आएर जमुनाहा प्रहरीले विशेष निगरानी बढाएको छ । नेपाल भारत नाकास्थित जमुनाहा ईलाका प्रहरी कार्यालयको प्रमुखमा सरुवा भएर सई मिन बहादुर विष्ट गएलगत्तै नाकामा लागु औषध भित्रिन नदिन कडाई शुरु गरिएको थियो । प्रहरीले गरेको कडाईकै कारण अहिले आएर दिनदिनै लागु औषध भित्रयाउनेहरु प्रहरीको फन्दामा पर्न थालेका छन् । सोही क्रममा जमुनाहा नाकामा चेकजाँचका क्रममा प्रहरीले दुई दिन अघिमात्रै १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगरसहित महादेवस्थान ३ काभ्रेका ३४ वर्षीय मानबहादुर रोकालाई पक्राउ गरेको थियो । लागु औषध भित्रयाउन नयाँ नयाँ तरिका प्रयोग गर्दै आएकोमा आलुको झोलाभित्र लुकाइ नेपाल ल्याउँदै गरेको अवस्थामा १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर नियन्त्रणमा लिईएको बाँकेका प्रहरी प्...
सीमा नाकामा थप कडाइ गर्ने केन्द्रिय सुरक्षा समितिको निर्णय

सीमा नाकामा थप कडाइ गर्ने केन्द्रिय सुरक्षा समितिको निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाण्डौ, १३ कात्तिक । सरकारले सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकमा अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने, नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवत–जावत गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने र अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी बनाउने निर्णय भएको छ । बैठकमा गृहमन्त्री खाणले अनाधिकृत रुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिने सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरु कडाइ गर्नुपर्नेमा जोड दिनु भएको छ। पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकोले नाकामै स्वास्थ्य जाँच गर्ने निर्णय समेत बैठकमा भएको छ । त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भएको गृहमन्त्री खाणको ...
युवाका लागि दिर्घकालिन योजना बनाउन मन्त्री अथकद्धारा निर्देशन

युवाका लागि दिर्घकालिन योजना बनाउन मन्त्री अथकद्धारा निर्देशन

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं, १२ कात्तिक । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नुभएको छ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले मन्त्री अथकलाई फुल गुच्छाले सम्मान गरेका थिए । त्यसक्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण गर्नुभयो । निरिक्षण पछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिदैं मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गर्नुभयो । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर योजनाहर...
वातावरण विभाग र ट्राफिक कार्यालय बाँकेको संयुक्त टोलीद्धारा सवारी प्रदुषण  परीक्षण

वातावरण विभाग र ट्राफिक कार्यालय बाँकेको संयुक्त टोलीद्धारा सवारी प्रदुषण परीक्षण

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, कात्तिक १२ । बन तथा वातावरण मन्त्रालय बातावरण विभाग र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले शुक्रवार नेपालगञ्जमा सवारी साधनहरुको प्रदुषण परीक्षण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्लका अनुसार बन तथा वातावरण मन्त्रालय बातावरण विभागका मेकानिकल अधिकृत विजय अधिकारीको उपस्थितिमा डिजेल तथा पेट्रोल सवारी साधनहरुको सवारी प्रदुषण परिक्षण गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरमा सवारी प्रदुषण परिक्षण गर्ने क्रममा २७ वटा पेट्रोल सवारी साधन परिक्षण गर्दा ३ वटा सवारी साधन प्रदुषण परिक्षणमा फेल भएको र २७ वटा डिजेल सवारी साधन परिक्षण गर्दा १३ वटा सवारी साधन प्रदुषण परीक्षणमा फेल भएको जिल्ला ट्राफिक प्रमुख मल्लले बताउनुभयो । उहाँले पहिलो पटक सम्झाई बुझाई गरि पठाइएको र क्रमश अन्य दि...
भारतबाट फर्किएका ३९ हजारको नाकामा कोरोना परीक्षण गर्दा ३९२ संक्रमित भेटिए

भारतबाट फर्किएका ३९ हजारको नाकामा कोरोना परीक्षण गर्दा ३९२ संक्रमित भेटिए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, कात्तिक १२ । भारतका विभिन्न ठुला सहरमा रोजगारी गरेर चाडपर्व मनाउन स्वदेश फर्किएका दुई लाख ५६ हजार भन्दा बढी नेपालीको यहाँस्थित जमुनाहा नाकामा स्वास्थ्य परिक्षण गरिएको छ । कोरोनाको तेस्रो लहरको संभावनालाई मध्य नजर गरेर भारतका जोखिममा रहेका ठुला सहरहरुमा काम गरेर फर्किएका नेपालीहरुको स्वास्थ्य जाँच गरेर शंकास्पदको कोरोना परिक्षण गरेपछि मात्रै नेपालमा छिर्न दिईएको छ । गत दुई महिनाको अवधीमा भारतबाट फर्किएका दुई लाख ५६ हजार ९९ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा ती मध्ये ज्वरो र रुघाखोकी देखिएका ३९ हजार ६३३ जनाको एन्टिजेनमार्फत कोरोना परिक्षण गरिएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो । उहाँले परिक्षण गरिएका मध्येबाट ३९२ जनामा कोरोना पुष्टि भएको जनाउँदै ती मध्ये सामान्य अवस्थाकालाई सम्बन्धित जिल्लामा पठाईएको र जटिल अवस्थामा देखिएकालाई उपचारका लागि भेरी अस्पतालमा ...
के सोचे जत्तिकै सहज छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ?

के सोचे जत्तिकै सहज छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ?

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, १२ कात्तिक । नेपालगञ्जमा हजारौंको संख्यामा रहेका इ रिक्साको ब्यवस्थापन तथा नियमनका लागि सम्बन्धित निकायले चासो र सक्रियता बढाएको छ । तर, के सजिलो छ त इ रिक्साको ब्यवस्थापन तथा नियमन ? कतिपयले यसलाई सहज नभएको टिप्पणी गरिरहेका छन् । नेपालगञ्जमा रहेका इ रिक्साको ब्यवस्थापन तथा नियमन अतिनै जटिल कार्य भएको अधिकांशको बुझाई छ । तरपनि नेपालगञ्ज उपमहमानगरपालिको इ रिक्सा सम्बन्धी कार्यबिधि २०७८ बमोजिम व्यवस्थापनका लागि गठन गरिएको समितिले नगर भित्र संचालनमा रहेका इ रिक्सा के कसरी ब्यवस्थापन गर्न सकिन्छ भन्ने बिषमा छलफल र सुझाव संकलन गरिरहेको छ । ् नेपालगञ्ज उपमहमानगरपालिकाका उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा गठित सो समितिले उक्त चुनौतीपुर्ण कार्यलाई पुरा गर्ने लक्ष्यका साथ काम शुरु गरेको उपप्रमुख थापा मगरले बताउनुभयो । सो सम्बन्धमा इ—रिक्सा दर्ता, परिचय पत्र...
अफगानी नागरिक छिर्न सक्ने आशंकामा जमुनाह नाकामा चेकजाँचमा कडाई

अफगानी नागरिक छिर्न सक्ने आशंकामा जमुनाह नाकामा चेकजाँचमा कडाई

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, १२ कात्तिक । काठमाण्डोमा केही अफगानिस्तानका नागरिकहरु अवैध रुपमा सीमा पार गरेर पुगेपछि सरकारको नेपाल भारतका खुला नाकाहरुमा कडाई गर्ने निर्देशन बमोजिम नेपालगञ्जस्थित जमुनाहा नाकामा पनि कडाई र निगरानी बढाईएको छ । तालिवानको कब्जापछि अफगानिस्तानबाट बिस्थापित नागरिकहरु नेपाल प्रवेश गर्न सक्ने आशंका बढेपछि नेपालगञ्ज नाकामा सुरक्षा जाँच कडा पारिएको ईलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ । खुला नाकाका कारण आफगानीहरु बाँके हुँदै नेपाल प्रवेश गर्नसक्ने सम्भावना देखिएकोले केन्द्रबाट आएको निर्देशन बमोजिम नाकामा निगरानी बढाउनुका साथै चेकजाँचमा कडाई शुरु गरिएको जमुनाहा नाकाका इन्चार्ज सई मिन बहादुर विष्टले बताउनुभयो । सीमामा तैनाथ गरिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सो सम्बनधमा कडा निर्देशन दिईएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । आफगानीहरुले भारत प्रवेश गर्नका लागि भारतीय अ...
नेपालगञ्ज औद्योगिक करिडोरका उद्योगी व्यवसायी र उद्योग मन्त्रालयविच छलफल

नेपालगञ्ज औद्योगिक करिडोरका उद्योगी व्यवसायी र उद्योग मन्त्रालयविच छलफल

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, कात्तिक १२ । नेपालगञ्जको औद्योगिक करिडोरका उद्योगी, व्यावसायी र उद्योग मन्त्रालयका प्रतिनिधिविच उद्योगीका समस्याका बारेमा यहाँ एक छलफल तथा अन्तरक्रिया गरिएको छ । औद्योगिक करिडोरका उद्योगी, व्यावसायीहरुका समस्या र समाधानका विषयमा सो छलफल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र नेपालगन्ज उद्योग वाणिज्य संघको सह–आयोजनामा गरिएको संघले जनाएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ज्यूको अध्यक्षतामा सम्पन्न भएको सो छलफलमा उद्योगीहरुले भोग्नु परेका समस्याका साथै औद्योगिक करिडोरका लागि सरकारले गर्नु पर्ने कामको बारेमा जानकारी गराईएको संघका महासचिव चिरन्जीवि ओलीले बताउनुभयो । उहाँले उद्योग मन्त्रालयका सचिव अर्जुन प्रसाद पोख्रेलले उद्योगी व्यवसायीका समस्याहरुलाई गम्भीरतापुर्वक लिएको जानकारी गराउनुका साथै समाधानका लागि हर सम्भ...