बाँके युनेस्को क्लबको अध्यक्षमा प्रवेज अलि सिद्दिकी निर्विरोध निर्वाचित
समाचारदाता
नेपालगन्ज, साउन १७ । बाँके युनेस्को क्लबको शनिवार यहाँ सम्पन्न ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाबाट क्लबका संस्थापक अध्यक्ष प्रवेज अलि सिद्दिकी पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
सिद्दिकीको अध्यक्षतामा निर्विरोध निर्वाचित भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा पन्चम गुरुंग, महासचिवमा बुधेश जयसवाल, सचिवमा फिरदौस जहाँ खान, कोषाध्यक्षमा जावेद सिद्दिकी र सदस्यहरुमा मिना भुषाल, भावुकजंग थापा, मिना चौधरी, सोबिया सिद्दिकी, श्वेता गुरुंग र सपना परियार निर्वाचित हुनु भएको छ ।
यसअघि क्लबको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभाको उद्घाटन गर्दै युनेस्कोका निमित्त नेपाल राष्टिय आयोगका सदस्य हरिवंश किरातले ३६ वर्षको अवधीमा क्लबले गरेका उल्लेखनीय तथा उदाहरणीय कार्यहरुको प्रशंसा गर्नुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिंदै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह, ब...









