कर्णाली विकास बैंकका पूर्व अध्यक्ष मिश्र नेपालगन्जबाट पक्राउ
समाचारदाता
नेपालगन्ज, असार १८ । कर्णाली विकास बैंकको घोटाला प्रकरणमा प्रहरीले सो बैंकका तत्कालिन अध्यक्ष पशुपति दयाल मिश्रलाई नेपालगन्जबाट पक्राउ गरेको छ । उहाँ विसं २०६६ सालदेखि २०७५ सालसम्म कर्णाली विकास बैंकको अध्यक्ष हुनुहुन्थ्यो ।
बैंकका पूर्व अध्यक्ष मिश्रलाई नेपालगन्जबाट बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीले पुष्टि गर्नुभयो ।
उहाँले मिश्रलाई सीआईबीको टोलीले पक्राउ गरेको जनाउँदै सोही टोलीले अनुसन्धान गर्ने बताउनुभयो ।
मिश्रसँगै यो ठगी प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ । यसअघि बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पनि पक्राउ गरेर अनुसन्धान अघि बढाईएको छ ।
पक्राउ परेकाहरुलाई बाँकेमा नै राखेर सीआईबीको टोलीले अनुसन्धान गरिरहेको छ । सीआईबीबाट डीएसपी दान बहादुर थापाको कमाण्...









