बाँके युनेस्कोद्धारा बर्दियाका श्रमिक पुरुष र महिलालाई लैङ्गिक सचेतिकरण
समाचारदाता
नेपालगञ्ज, फागुन ६ । बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा श्रमिक पुरुष तथा महिलालाई मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरण सम्बन्धी एक दिने क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
प्लान नेपालको सहयोगमा क्लबले सञ्चालन गरेको युवा महिलाहरुको आर्थिक सशक्तीकरण तथा रोजगार प्रर्वद्धन परियोजना अन्तर्गत सो कार्यक्रम आयोजना गरिएको हो ।
श्रमिकका रुपमा कार्यरत कामदारहरुविच मर्यादित कार्यका लागि लैङ्गिक सचेतिकरणका लागि आयोजना गरिएको सो क्षमता अभिबृद्धि कार्यक्रममा सहकारी, निजी क्षेत्रका फर्म कम्पनी, निजि र सरकारी विद्यालय, साना किसान, इँटा उद्योग, संस्थागत मजदुर जस्ता विभिन्न संस्थाका श्रमिक पुरुष तथा महिलाको सहभागिता रहेको पर्ल परियोजनाका संयोजक गोविन्द लामिछानेले बताउनुभयो ।
श्रमिक महिला तथा पुरुषलाई लैङ्गिक समानता र श्रम न्यून खरिदकर्ता सम्बन्धी अभिमुखीकरण दिएर उ...









