बाँकेमा दादुरा नियन्त्रणतर्फ, ९३ हजार बढीलाई खोप लगाईयो
सिराज खान
नेपालगञ्ज, माघ १२ । बाँकेको नेपालगञ्ज उपमहानगर लगायत पाँच वटा पालिकामा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणमा आउँदैगएको छ । प्रभावित पालिकाका अधिकांश बालबालिकालाई खोप लगाएपछि सङ्क्रमण फैलिनेक्रम रोकिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
सो कार्यालयका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार नेपालगञ्ज उपमहानगरको वडा नम्बर ७ मा सबैभन्दा पहिले देखिएको सङ्क्रमण जिल्लाको कोहलपुर नगरपालिका, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकामा समेत फैलिँदै गएपछि नियन्त्रण गर्न खोप अभियानलाई तीव्र गतिमा सञ्चालन गरिएको छ ।
नेपालगञ्ज ५ का ३१ महिने एक बालकको दादुराबाट मृत्यु भएपछि नियन्त्रण अभियान तीव्र पारेर जिल्लाका पाँच वटै प्रभावित पालिकाका ६ महिनादेखि १५ वर्ष भित्रको उमेरका ८१ प्रतिशत बालबालिकालाई खोप लगाइएपछि सङ्क्रमण नियन्त्रणमा आएको खोप सुपरभाइजर श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार दादुरा सङ्क्रमण...









