जेसिसको खुल्ला बहसमा धवल राजा गायब, जनताबाट डराएर भागेको सहभागिको आरोप
भ्रष्टाचार, विकास र सुशानका मुद्दामा बहस र छलफल गर्न राईद्धारा खुला चुनौती
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २७ । नेपालगन्ज जेसीजले आइतवार त्रिभुवन चोकमा आयोजना गरेको सडक बहस कार्यक्रम ‘ककस’मा सहभागि बाँके क्षेत्र नम्बर २ का उम्मेदवारहरुले आफ्नो एजेण्डा र उम्मेदवारीको औचित्य पुष्टि गर्ने विचार प्रस्तुत गरेका छन् । कार्यक्रममा जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राई, स्वतन्त्र पार्टीका उम्मेदवार विनोद अग्रहरी र स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनालको सहभागिता थियो ।
कार्यक्रमको अन्तिममा स्वतन्त्र उम्मेदवार हन्नान जसगढ उपस्थित भएपनि समय भन्दा धेरै पछाडी पुगेकोले उनलाई केही बोल्न दिईएको थिएन । राप्रपाका उम्मेदवार धवल शमसेर राणा अनुपस्थित भएपछि कार्यक्रमका आयोजकसहित धेरैले राजा डराएर कार्यक्रममा नआएको टिप्पणी गरेको पाइयो ।
कार्यक्रमका सञ्चालक वरिष्ठ पत्रकार हेमन्त कर्मा...









