कोहलपुरमा जथाभावी पार्किङ गरे सवारी साधनमा ‘ह्वील लक’ लगाइने
समाचारदाता
नेपालगञ्ज, पुस १ । तपाईं सवारी साधन चलाउनुहुन्छ रु चलाउनुहुन्छ भने जथाभावी पार्किङ नगर्नुहोला । यदी त्यसो गरे कोहलपुर नगर प्रहरीले ‘ह्वील लक’ ९सवारी साधनको पाङ्ग्रामा साँचो० लगाउन सक्छ । कोहलपुर नगर प्रहरीले कोहलपुर बजार क्षेत्रमा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाउने अभियान सुरु गरेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिनुभयो ।
नगर प्रहरी प्रमुख थापाले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाउन सुरु गर्न लागिएको जानकारी दिनुभयो । ‘ह्वील लक’ अभियान अन्तर्गत विहीबारदेखि नगरमा माइकिङ गर्न सुरु गरिएको छ । जथाभावी पार्किङले ट्राफिक जाम हुने र दुर्घटनाको जोखिम समेत हुने भएकाले त्यसलाई नियन्त्रण गर्न कडाइ गर्न थालिएको उहाँको भनाइ छ । कोहलपुर भित्रि बजार क्षेत्रमा पनि अव्यवस्थित पार...









