बाँके १ को प्रदेशसभा १ मा नुमना सबैभन्दा बलियो अवस्थामा, सत्ता गठबन्धनको मत अन्यभन्दा धेरै बढी
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २० । बाँके निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा १ बाट निवर्तमान सांसद कृष्ण केसी नमुना यस पटक पनि सबैभन्दा बलियो अवस्थामा देखिनु भएको छ । गत पाँच वर्षको अवधीमा निरन्तर जनतासंग जोडिनु भएको र हरेक दुखसुखमा जनताको साथमा रहनु भएकोले उहाँको अवस्था अन्य उम्मेदवार भन्दा निकै बलियो देखिएको छ ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार रहनु भएका नमुनालाई अहिले उहाँको निर्वाचन क्षेत्रमा जनताले गरेको मान सम्मान र मायाले नै उहाँको अवस्था प्रष्ट भएको छ ।
बाँके १ को प्रदेशसभा १ मा राप्तीसोनारी गाउँपालिकाका ७ वडा र नरैनापुर गाउँपालिकाका ६ वडा छन् । यो निर्वाचन क्षेत्रमा राप्तीसोनारी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ । नेकपा एमालेले तीन वडा, नेकपा माओवादी केन्द्रले तीन वडा र एउटा राष्ट्रिय प्रजातन्त्र पार्टीले जितेको छ । नरैनापुर गाउँपालिका जनता समा...









