जनताले दिएको जिम्मेवारी पुरा गर्ने प्रदेश सांसद केसीको प्रतिवद्धता
सिराज खान
नेपालगञ्ज, मङ्सिर १८ गते । लुम्बिनी प्रदेशका ५२ वटा निर्वाचन क्षेत्र मध्ये १ निर्वाचन क्षेत्रमा मात्र महिला उम्मेदवार विजयी हुनुभएको छ । उहाँ हुनुहुन्छ, बाँके क्षेत्र नम्बर १ को प्रदेशसभा क का उम्मेदवार माओवादीकी कृष्णा केसी नमुना ।
उहाँ प्रदेशभरिमै प्रत्यक्ष निर्वाचित हुने महिला हुनुका साथै बाँकेबाट दोहोरिने एक मात्र उम्मेदवार पनि बन्न सफल हुनुभयो । २०७४ सालमा पनि केसीले सोही क्षेत्रबाट लुम्बिनी प्रदेशसभामा प्रवेश गर्नुभएको थियो ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएकी केसीले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गरेर प्रदेशमै एक मात्र महिला विजेता बन्ने किर्तिमान बनाउनु भएको हो । केसीले नौ हजार १०३ मत पाउँदा चौधरीले सात हजार ९६६ मत पाउनुभयो ।
पाँच वर्षसम्म निरन्तर जनताको सेवामा खटिएको र निर्वाचन क्षेत्रको सडक तथा विद्युत समस्या समाधानमा विशेष पहल गरेकै कारण फे...









