पुर्वमन्त्री राईलाई पराजित गर्दै राप्रपाका राणा बाँके २ बाट निर्वाचित
सिराज खान
नेपालगन्ज, मंसिर ७ । बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा विजयी हुनुभएको छ । उहाँले जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतले पराजित गर्नुभयो ।
विजयी हुनुभएका राणाले २९ हजार ५७७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी राईले २३ हजार ५२० मत प्राप्त गर्नुभयो । तेस्रो स्थानमा रहनु भएका नेपाली काँग्रेसका सुदिप नरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गर्नुभयो ।
सोही प्रकारले राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३३३ मत प्राप्त गर्नुभयो भने स्वतन्त्र उम्मेदवार ईर्फान शेषले १ हजार २८९ मत प्राप्त गर्नुभयो । विजयी हुनु भएका राणा यस अघि दुई पटक नेपालगन्ज उपमहानगरको मेयर पदमा निर्वाचित भई सक्नु भएको थियो भने पराजित हुनु भएका राईले २०७४ साल र २०६४ सालमा सां...









