नेपालगञ्ज २० का ५० किसानलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण
समाचारदाता
नेपालगञ्ज, पुस १२ । भेरी वातावरणीय विशिष्टता समुह बि ग्रुपले नेपालगञ्ज २० मनिकापुरका ५० जना कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरेको छ । यसअघि डुडुवाका ५२ जना किसानलाई पिपिई सेट वितरण गरेको सो संस्थाले मंगलवार नेपालगञ्ज उपमहानगरको वडा नम्बर २० मा ५० जना किसानलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरेको हो ।
जीआइजेड नेपाल र एमडीएम फ्रान्सको साझेदारीमा बि ग्रुपद्धारा सञ्चालित पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत नेपालगञ्ज २० मा रहको साथी स्वावलम्बन बहुउदेश्यीय कृषि सहकारी संस्थामा आवद्ध कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गरिएको बि ग्रुपका अध्यक्ष टेक बहादुर पुनले बताउनुभयो ।
वडा नम्बर २० का वडा सदस्य चन्द्र बहादुर बुढाले कृषकहरुलाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई सेट वितरण गर्दै यसले किसानको पेशागत तथा वातावरण...









