१५ बैशाख २०८१, शनिबार

ताजा-अपडेट

दुर्घटना न्युनिकरणलाई प्रमुख प्राथमिकता दिनेछु–जिल्ला ट्राफिक प्रमुख शाह

दुर्घटना न्युनिकरणलाई प्रमुख प्राथमिकता दिनेछु–जिल्ला ट्राफिक प्रमुख शाह

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २३ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक हिमालय शाहले जिल्लाको ट्राफिक व्यवस्थापनको सुधारका लागि विशेष अभियान चलाउनुका साथै विभिन्न योजना र कार्यक्रम बनाएर अगाडी बढ्ने बताउनु भएको छ । उहाँले सवारी दुर्घटना न्यूनिकरणका लागि प्रभावकारी अभियान चालिने पनि बताउनुभयो । जिल्ला ट्राफिक प्रमुखको कार्यभार सम्हालेको केही दिनपछि शुक्रवार पत्रकारहरुसँगको परिचयात्मक कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक शाहले ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन चाल्नु पर्ने सबै आवश्यक कदमहर चालिने जनाउँदै सो कार्यमा सबैको सहयोग माग्नुभयो । उहाँले सवारी साधनका चालक, यातायात व्यवसायी, आम नागरिक र अन्य उद्योगी व्यवसायी सबैको सहयोगले मात्रै ट्राफिक व्यवस्थापनमा सुधार गर्न सकिने बताउनुभयो । दुर्घटना न्यूनिकरणका लागि मापसे चेकिङ, अटो रिक्सा, ई रिक्सा व्यवस्थ...
शुक्रवार पनि राप्तीसोनारीमा बाघको आक्रमण, बमबहादुर जोगिए तर बाख्रा बाघले खायो

शुक्रवार पनि राप्तीसोनारीमा बाघको आक्रमण, बमबहादुर जोगिए तर बाख्रा बाघले खायो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २३ । विहिबार मात्रै एक जना महिलाको ज्यान लिएको पाटे बाघले शुक्रवार पनि बाँके राप्तीसोनारी–५ का बमबहादुर पुन माथि आक्रमण गरेको छ । जंगलमा बाख्रा चराउन गएका पुनलाई शुक्रबार पाटेबाघले आक्रमण गरेपछि उनि जोगिन सफल भएका छन् तर उनको एक बाख्रा बाघले खाएको छ भने तीन वटा बाख्रा हराई रहेका छन् । तीन वटा बाख्रालाई बाघले घाइते पनि बनाएको पुनले बताउनुभयो । स्थानीय शिद्धेश्वरी सामुदायिक वनभित्र बाख्रा चराउन गएको बेला झाडीमा लुकेर बसेको बाघले पुन र उहाँका बाख्रामाथि आक्रमण गरेको थियो । ‘बाख्रा चराइरहेको अवस्थामा बाघले एक्कासी झम्टियो, मैले उसलाई छलेर लुके, बाघको आक्रमणबाट म जोगिए, तर बाख्रालाई बचाउन सकिएन,’ पुनले भन्नुभयो । शुक्रबार दिउँसो करिव ३ बजेतिर बाघले आफुलाई झम्टिने प्रयास गरेपनि बाँच्न सफल भएको उहाँले बताउनुभयो । बाघले पुनको एउटा बाख्रालाई मारेको छ भने तीन ...
काँग्रेसले कामका आधारमा नेता कार्यकर्ताको मुल्यांकन गर्ने प्रदेश सभापति पुनको प्रतिवद्धता

काँग्रेसले कामका आधारमा नेता कार्यकर्ताको मुल्यांकन गर्ने प्रदेश सभापति पुनको प्रतिवद्धता

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज २३ पुस । लुम्बिनी नेपाली काँगे्रसका सभापति अमरसिंह पुनले लुम्बिनी काँग्रेसले पार्टीका सबै कार्यकर्तालाई समेटेर अगाडि बढ्ने बताउनु भएको छ । नवनिर्वाचित सभापति पुनले आगामी योजनामा नेपाली काँग्रेसका सबै साथीहरुको रेकर्ड राखेर उनीहरुको कामका आधारमा सबैको मूल्यांकन गरिने बताउनुभयो । शुक्रबार नेपाल प्रेस युनियन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै पुनले लुम्बिनी काँग्रेसको आगामी योजनाका विषयमा जानकारी गराउँदै उहाँले प्रदेशको चारवर्षे योजनाका विषयमा पनि छलफल भई रहेको बताउनुभयो । ‘लुम्बिनी काँग्रेसका महामन्त्री बिक्रम खनालको संयोजकत्वमा प्रदेशको चार वर्षे योजना बनिरहेको छ । केहीदिनपछि ड्राफ्ट बनिसकेपछि जिल्ला–जिल्लासम्म त्यो ड्राफ्ट पठाएर पुनः करेक्सन गरि पास गर्ने योजनामा हामी छौं’ पुनले भन्नुभयो । हालै सम्पन्न काँग्रेसको १४ औं महाधिवेश...
मोहम्मदी सिद्दिकी नामक स्मारिकाको गैर सरकारी संस्था महासंघद्धारा विमोचन

मोहम्मदी सिद्दिकी नामक स्मारिकाको गैर सरकारी संस्था महासंघद्धारा विमोचन

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्ज, पुस २२ । पहिलो संविधानसभा सदस्य स्वर्गिय मोहम्मदी सिद्धिकीको सम्झनामा तयार पारिएको ‘मोहम्मदी सिद्धिकी’ नामक स्मारिका नेपालगञ्जमा विमोचन गरिएको छ । विहिबार नेपालगञ्जमा एक औपचारिक कार्यक्रमको आयोजना गरि गैर सरकारी संस्था मंहासंघ बाँकेले पुस्तक विमोचन गरेको हो । विमोचन गरिएको सो पुस्तकमा वरिष्ठ समाजसेवी तथा अगुवा मुस्लिम महिला सिद्धिकीसंग सम्बन्धित ३६ वटा आलेख, अन्तरवार्ता, संस्मरण तथा समाचाहरु समेटिएका छन् । पुस्तक विमोचन कार्यक्रममा बोल्दै फातिमा फाउण्डेसनका अध्यक्ष मैमुना सिद्धिकीले ‘मोहम्मदी सिद्धिकी’ नामक स्मारिका प्रकाशन हुनु स्वर्गिय मोहम्मदी सिद्विकीको सम्मानमा एक ईटा थप्नुमात्र नभई एउटा मुस्लिम महिलाले गरेको संर्घषको ईतिहास समेत लेखिएको बताइन् । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले स्वर्गिय मोहम्मदी सिद्धिकीको सम्मानमा एक अक्षयकोषको स्थापना गर्नमा जोड दिनुका साथै उनको...
बाँके राप्तीसोनारीमा फेरी बाघको आक्रमण, एक महिलाको मृत्यु

बाँके राप्तीसोनारीमा फेरी बाघको आक्रमण, एक महिलाको मृत्यु

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २२ । केही समययता आएर शुरु भएको जिल्लाका विभिन्न स्थानमा बाघले मानिसलाई मार्ने तथा आक्रमण गर्ने क्रम जारी नै रहेको छ । सोही क्रममा बाघको आक्रमणबाट जिल्लाको राप्तीसोनारीमा थप एक जनाको मृत्यु भएको छ। राप्तीसोनारी गाउँपालिका–४, प्रसोनाकी ५२ वर्षीया लीला विष्टको विहिबार बाघको आक्रमणबाट मृत्यु भएको हो। बिहीबार दिउँसो १२ बजेतिर स्थानीय जलहन सामुदायिक वनको तीनपाने भन्ने ठाउँमा घाँस काट्न गएका तीन जनामध्ये विष्टलाई बाघले आक्रमण गरेको थियो। विष्टलाई बाघले आक्रमण गरेपछि भागेर आएका दुई जनाले प्रहरीलाई खबर गरेका थिए। दुई बजेतिर प्रहरी घटनास्थलमा जाँदा बाघले विष्टलाई खाइरहेको थियो। होहल्ला गर्दा पनि बाघ नभागेपछि प्रहरीले दुई राउन्ड फायर गरेपछि मात्र शव छोडेर बाघ भागेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताउनुभयो। यसअघि बुधबार मात्रै राप्तीसोनारी गाउँपा...
डुडुवा मगन्ता टोलका सय अति विपन्न परिवारलाई सेनाद्धारा कम्बल तथा खाद्यान्न वितरण

डुडुवा मगन्ता टोलका सय अति विपन्न परिवारलाई सेनाद्धारा कम्बल तथा खाद्यान्न वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस २२ । चिसोले समस्यामा परेका बाँके डुडुवा गाउँपालिका ६ मगन्ता टोलका सय विपन्न र गरिब परिवारलाई सैनिक श्रीमती संघ, श्री नम्बर ४ बाहिनी अड्डा, भैरवप्रसाद गण, रोयल नेपालगञ्ज फुटबल क्लव र वेष्टर्न हस्पिटल तथा रिसर्च सेन्टरले कम्बल तथा खाद्यान्न वितरण गरेको छ। परापुर्व कालदेखिनै अधिकांशले मागेर गुजारा चलाउँदै आएका मगन्ताटोलका वासिन्दालाई अहिलेको अत्याधिक चिसोले निकै समस्या परेकोले उनीहरुलाई परेको अप्ठेरोलाई ध्यानमा राखेर कम्बल, दुई किलो चामल र बिस्कुट वितरण गरिएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले बताउनुभयो । श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, सैनिक श्रीमती संघको समारोह समितिका सहसंयोजक विमु पाठक, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की र श्रीमती प्रमिला केसी कार्की, रोयल नेपालगञ्ज फुटबल क्लवका अध्यक्ष ...
अम्बिका बनिन् काफ्ले समाज बाँकेकी अध्यक्ष

अम्बिका बनिन् काफ्ले समाज बाँकेकी अध्यक्ष

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १९ । काफ्ले समाज बाँकेले आज नयाँ कार्यसमिती चयन गरेको छ। सोमबार समाजका अध्यक्ष धनप्रसाद काफ्लेको अध्यक्षतामा भेला सम्पन्न भएको हो। भेलाले अम्बिका काफ्लेको नेतृत्व रहने गरि २१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ।जसमा अध्यक्ष अम्बिका काफ्ले , उपाध्यक्ष दुर्गाप्रसाद काफ्ले, डिलाकुमारी काफ्ले, उत्सव काफ्ले, सचिवमा अमृत काफ्ले,कोषाध्यक्षमा राजेन्द्र काफ्ले, सहसचिवमा उमेश काफ्ले सदस्यहरुमा लक्ष्मी काफ्ले, कृष्ण काफ्ले,भाष्कर काफ्ले,नारायण प्रसाद काफ्ले र नेत्र काफ्ले रहेका छन् । काफ्ले समाजको भेलामा बाँके जिल्लामा बसोबास गर्ने काफ्ले बन्धुहरुको उपस्थिति रहेको थियो।    ...
नरैनापुरका करिब दस हजार घरधुरीलाई सिलिण्डर र ग्याँस चुल्हो वितरण

नरैनापुरका करिब दस हजार घरधुरीलाई सिलिण्डर र ग्याँस चुल्हो वितरण

अर्थ, ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, पुस १९ । केही समयअघिसम्म जिल्लाकै सबैभन्दा बढी पिछिडिएको मानिने नरैनापुर गाउँपालिकामा स्थानीय सरकार निर्वाचित भएपछि अहिले सो क्षेत्रको मुहारनै परिवर्तन भएको छ । विकास निर्माणमा मात्र नभएर जनताको जिवनस्तर उकास्ने कामदेखि शिक्षा र स्वास्थ्यका क्षेत्रमा समेत उल्लेखनीय प्रगतिहरु भएको स्थानीयको भनाई छ । नरैनापुर क्षेत्रमा धार्मक रुपमा सबैभन्दा सम्मानित मियाँ साहेब परिवारका सदस्य ईश्तियाक अहमद शाहको नेतृत्वमा सरकार गठन भएपछि सो क्षेत्रका जनताले वास्तवमै सिंहदरबार गाउँमा पुगेको अनुभूति गरेको स्थानीयले बताएका छन् । संघिय सांसद तथा हालका मन्त्री महेश्वर गहतराज अथक र प्रदेश सभासद कृष्णा केसी नमुनासंगको समन्वय र सहयोगमा पहिलो पटक नरैनापुरको बघौडासम्म कालोपत्रे सडक र विद्युत पुगेसंगै छात्रालाई विद्यालयमा टिकाइ राख्न साइकल वितरणदेखि अस्पतालको स्तरोन्नती गरेको शाह नेतृत्वको सरकार...
नेपालगञ्जका सातवटा वडालाई एकैसाथ बाल बिवाहमुक्त घोषणा गरियो

नेपालगञ्जका सातवटा वडालाई एकैसाथ बाल बिवाहमुक्त घोषणा गरियो

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्ज, पुस १९ । नेपालगञ्ज उप–महानगरपालिकाका थप ७ वटा वडालाई बालबिवाह मुक्त वडा घोषणा गरिएको छ । एक औपचारिक कार्यक्रम गरि एकसाथ वडा नम्बर ३,४,९,११,१८,२० र २१ लाई वाल विवाह मुक्त वडा घोषणा गरिएको नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख रामसुरेश यादव लगायतको उपस्थितीमा आयोजित कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले वडालाई बालविवाहमुक्त वडा घोषणा गर्नुभयो । सो अवसरमा उपप्रमुख थापाले यो घोषणापछि महिला र बालिकाको स्वास्थ्यसँगै समृद्ध र सुखी नेपालगञ्ज बनाउन मद्दत पुग्ने बताउनुभयो । घोषणा अन्तिम नहुने भन्दै उहाँले बाल बिवाहलाई शुन्यमा झार्न सम्पूर्ण नगरबासीको साथ र सहयोगको अपेक्षा गरिएको बताउन...
चिसो बढेपछि बाँकेको जनजिवन अत्याधिक प्रभावित

चिसो बढेपछि बाँकेको जनजिवन अत्याधिक प्रभावित

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, पुस १८ । केही दिन यता बाँके र सो वरिपरिका जिल्लाहरुमा चिसो असाध्यै बढेको छ । बाक्लो हुस्सु र शीतलहर दिउँसो मध्यान्हसम्मै रहँने हुँदा तापक्रम दिनदिनै घटिरहेको छ । एकातिर अबेला घाम लाग्ने, त्यसमा पनि पारिलो घाम नलाग्दा चिसो बढेको हो । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । आइतवार विहानै विद्यालय, कलेज जाने शिक्षक, विद्यार्थीदेखि काममा निस्कनेहरुलाई समस्या भएको छ । विपन्न बर्गलाई चिसोले अझ सताएको छ । मजदुरहरु समस्यामा छन् । भिजिविलिटी कम हुँदा जहाज उडान प्रभावित भएको छ भने विहान लाग्ने बाक्लो कुहिरोले सडक दुर्घटनाको जोखिम बढाएको छ । नेपालगञ्जको तापक्रम घटेर आइतवार विहान ९ डिग्री सेल्सियस पुगेको थियो । नेपालगञ्जको आकाशमा आंशिक बदली पनि छ । केही दिन अघि परेको पानी र हिजोआज विहानैदेखि चल्ने गरेको शीतलहर र बाक्लो हुस्सुले चिसो निकै बढाएको हो । चिसो बढेपछि विभिन्न...